१८ देशमा राजदूत सिफारिस, भारतमा शंकर शर्मालाई नै निरन्तरता,चीनमा कृष्णप्रसाद ओली
मन्त्रिपरिषद बैठकले १८ देशमा राजदूत नियुक्ति सिफारिस गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद बैठकले भारत, चीन, अमेरिका, बेलायतसहित १८ देशका लागि नयाँ राजदूत सिफारिस गरेको सरकारको सचिवायले जनाएको छ।सोमबारकै मन्त्रिपरिषद बैठकले चीन, रुस र अष्ट्रेलियाको राजदूत फिर्ता बोलाएको छ। चीनमा विष्णुपुकार श्रेष्ठ, रुसमा मिलन तुलाधर र अष्ट्रेलियामा कैलाशराज पोखरेल राजदूत थिए।

