सिन्धु विकास बैंकको स्वतन्त्र सञ्चालकमा कार्की नियुक्त
काठमाण्डौ । सिन्धु विकास बैंक लिमिटेडको रिक्त रहेको स्वतन्त्र सञ्चालक पदमा भरत बहादुर कार्कीलाई नियुक्त गरिएको छ । बैंकको संचालक समितिद्वारा कार्कीलाई आगामी १४औं वार्षिक साधारण सभाबाट अनुमोदन गर्ने गरी आगामी ४ बर्षको लागि स्वतन्त्र सञ्चालक पदमा नियुक्त गरेको हो ।

