अवरुद्ध भएको एनसेलको सेवा सञ्चालनमा
काठमाण्डौ। सोमबार दिउँसो ३ बजेर ४८ मिनेटदेखि अवरुद्ध एनसेलको सेवा सञ्चालन आएको छ। एनसेलले अप्टिकल फाइबरहरू काटिएका कारण केही समय सेवा अवरुद्ध भएको जनाएको छ।उसले सामाजिक सञ्जालमा पोष्ट गर्दै भनेको छ ‘हाम्रो प्राविधिक टोलीको अथक प्रयासका कारण छोटो समयमा नै सेवाहरू पूर्णरुपमा पुनः सञ्चालनमा ल्याउन सफल भएको जानकारी गराउन चाहन्छौँ। सेवा अवरुद्ध हुँदा पर्न गएको असुविधाका...

