क्षतिग्रस्त संरचना पुनर्निर्माणका लागि आर्थिक सहयोग गर्न सरकारको अपिल, चालु आवको करबाट कट्टी गर्न पाइने
काठमाण्डौ । सरकारले भदौ २३ र २४ गते भएको जेनजीहरुको आन्दोलनबाट क्षति पुगेको सरकारी भौतिक पूर्वाधार पुनर्निमाण गर्न आर्थिक सहयोग उठाउन सुरु गरेको छ । अर्थ मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै सार्वजनिक तथा सरकारी भौतिक संरचनाको पुनर्निर्माणको लागि नेपाल सरकार, प्रदेश सरकार एवं स्थानीय तह, निजी क्षेत्र, स्वदेशी तथा विदेशी नागरिक, गैर आवासीय नेपाली समुदाय, मित्र राष्ट्रहरु,...

