काठमाडौं। अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्य घटेको छ। आज अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य २७.८२ अमेरिकी डलर अर्थात् ०.६६ प्रतिशतले घटेर
प्रतिऔंस ४,१०० अमेरिकी डलरको आसपास कारोबार भइरहेको छ।
यस्तै आज अन्तर्राष्ट्रिय बजारमा चाँदीको मूल्य ०.९० अमेरिकी डलर अर्थात् १.५० प्रतिशतले घटेर प्रतिऔंस ६०.३५ अमेरिकी डलरको आसपास कारोबार भइरहेको छ।
अमेरिकी फेडरल रिजर्भले ब्याजदर बढाउन सकिने संकेत गरेपछि सुनको मूल्य अगस्टको सुरुदेखिकै न्यून विन्दुको नजिक कायम रहेको हो।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।