उग्र बन्दै जेनजी आन्दोलन, इटहरी,भैरहवा र बुटवलमा पनि कर्फ्यु जारी
काठमाण्डौ । जेन–जीको प्रदर्शन उग्र बन्दै गएपछि इटहरी,भैरहवा र बुटवलमा कर्फ्यु जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय सुनसरीले आज दिउँसो साढे ३ बजेदेखि अर्को सूचना जारी नभएसम्म इटहरीको मुख्य चौक आसपासका क्षेत्रमा कर्फ्यू आदेश जारी गरेको छ ।

