बीपी र नारायणगढ-मुग्लिन सडक सञ्चालनमा, दुर्घटनामा २५ यात्रु घाइते
काठमाण्डौ । पहिरोका कारण अवरुद्ध बीपी राजमार्ग तथा सवारी दुर्घटनापछि प्रभावित बनेको नारायणगढ–मुग्लिन सडकखण्ड पुनः सञ्चालनमा आएका छन्। अवरोध हटाएपछि दुवै सडकमा दुईतर्फी सवारी आवागमन भइरहेको प्रहरीले जनाएको छ।बीपी राजमार्गअन्तर्गत काभ्रेको रोशी गाउँपालिका–७, ८ र ९ का विभिन्न स्थानमा पहिरो खसेपछि सवारी आवागमन पूर्ण रूपमा रोकिएको थियो। रोशी–७ को अमलटारीमुनि गएको पहिरो र...

