सेजमा भाडा नतिर्ने उद्योगमाथि उद्योग मन्त्रीको एक्सन , एक साताभित्र बक्यौता नतिरे बिजुली–पानी काटिने
काठमाण्डौ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी यादवको ठाडो निर्देशनपछि विशेष आर्थिक क्षेत्र (सेज) भित्र सञ्चालनमा रहेका उद्योगहरूको वर्षौंदेखि उठ्न बाँकी रहेको भाडा असुली प्रक्रिया तीव्र पारिएको छ। सरकारले बक्यौता रहेका उद्योगहरूलाई एक साताभित्र सम्पूर्ण बक्यौता भाडा बुझाउन अन्तिम निर्देशन दिएको छ। तोकिएको समयभित्र भाडा नतिरे सम्बन्धित उद्योगको बिजुली र...

