काठमाडौं । नेपालमा भेस्पा स्कुटरको आधिकारिक वितरक डेल्टा अटोकर्प प्रालिले नयाँ १५० सीसी स्कुटर सार्वजनिक गर्ने भएको छ। कम्पनीले असोज २६ गते सोमबार अर्थात् अक्टोबर १२ मा काठमाडौंको त्रिपुरेश्वरस्थित सोरुममा नयाँ मोडल अनावरण गर्न लागेको हो।
नयाँ मोडलसँगै नेपाली बजारमा भेस्पाको स्कुटर सूचीमा अर्को विकल्प थपिनेछ। इटालियन डिजाइन र विशिष्ट राइडिङ अनुभव रुचाउने ग्राहकका लागि नयाँ मोडल प्रस्तुत गर्न लागिएको कम्पनीले जनाएको छ।
डेल्टा अटोकर्पका निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत विजय के. महतोले नयाँ १५० सीसी मोडलमार्फत नेपालमा भेस्पाको उपस्थिति थप सुदृढ बनाउने लक्ष्य रहेको बताए।
ब्रान्डको विशिष्ट पहिचान र विरासत झल्कने उत्पादन ग्राहकलाई उपलब्ध गराउन कम्पनी प्रतिबद्ध रहेको उनको भनाइ छ।
डेल्टा अटोकर्पले आफ्नो सञ्जालमार्फत देशभर भेस्पाका विभिन्न मोडल उपलब्ध गराउँदै आएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।