काठमाण्डौ । साहस ऊर्जाको लगानी रहेको ३४१ मेगावाट क्षमताको बूढीगण्डकी जलविद्युत् आयोजनामा बाढीले क्षति पुर्याएको छ। बूढीगण्डकी नदीमा आएको बाढीले आयोजनाका कर्मचारी बस्ने आवास गृह अर्थात् क्याम्प बगाएको हो।
स्रोतका अनुसार घटनामा मानवीय क्षति भने भएको छैन। बाढीबाट आयोजनामा भएको भौतिक क्षतिको विस्तृत विवरण प्राप्त भइनसकेको स्रोतले बतायो ।
कर्मचारीको आवास गृह बगाए पनि आयोजनाका अन्य संरचनामा कति क्षति पुगेको छ भन्ने खुलिसकेको छैन। क्षतिको मूल्याङ्कन हुन बाँकी रहेकाले आयोजनामा परेको आर्थिक असरसमेत यकिन भएको छैन।
बाढीले नदीको तटीय क्षेत्रमा रहेका अन्य केही जलविद्युत् आयोजनाका क्याम्प तथा उपकरणसमेत बगाएको बताइएको छ। ती आयोजनासहित बाढीबाट भएको समग्र क्षतिको विवरण आउन बाँकी छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।