बंगालको खाडीको प्रभावले अझै मनसुन सक्रिय, कहाँ-कहाँ छ भारी र अति भारी वर्षाको सम्भावना ?
काठमाण्डौ । देशभर अहिले पनि बंगालको खाडीबाट आएको जलवाष्पयुक्त मनसुनी वायुको प्रभाव कायम छ। यसै कारण काठमाडौंबाट झापासम्मका अधिकांश भू–भागमा भीषण वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। राजधानी उपत्यकामा भने वर्षा क्रमशः कमजोर बन्दै गएको छ, तर देशका पूर्वी भागमा वर्षा अझै जारी छ।

