सोमबार, कार्तिक १६,२०८३ 11:28:09
  • सोमबार, कार्तिक १६,२०८३ 11:28:09
Global IME Bank Limited

बुढीगण्डकीमा बाढीको वितण्डा : उद्धारका लागि हेलिकोप्टर परिचालन

Bizshala
बुढीगण्डकीमा बाढीको वितण्डा : उद्धारका लागि हेलिकोप्टर परिचालन
New Office

काठमाडौं।  चुमनुब्री गाउँपालिका भएर बग्ने बुढीगण्डकी नदीमा आएको बाढीले गोरखाका विभिन्न क्षेत्रमा क्षति पुर्‍याएपछि उद्धार तथा राहतका लागि हेलिकोप्टर परिचालन गरिएको छ।

गृहमन्त्री सुदन गुरुङले प्रभावित क्षेत्रमा उद्धारका लागि हेलिकोप्टर परिचालन भइसकेको जानकारी दिएका छन्। उनले नदी किनारका बासिन्दालाई सतर्क रहन र सुरक्षित स्थानमा बस्न आग्रहसमेत गरेका छन्।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

गृहमन्त्री गुरुङका अनुसार चुमनुब्री गाउँपालिका–३ मा न्याक्चेत र फिलिम बजार जोड्ने पुल बाढीले बगाएको छ। त्यस्तै, घट्टेखोला क्षेत्रमा लेदोसहितको बाढी घरहरूमा पसेको र नदीको बहाव निरन्तर बढिरहेको खबरप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको उनले बताएका छन्।

Garima Development Bank
Bizshala
IME remit

घटनालगत्तै नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीय प्रशासनलाई उद्धार, राहत तथा प्रभावित नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न परिचालन गरिएको उनले जानकारी दिएका छन्।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.