गोरखा। बुढीगण्डकी नदीमा आएको ठूलो बाढीले गोरखाको सल्लेरी बजार बगाएको छ भने जगत बजारमा समेत ठूलो क्षति पुर्याएको छ। स्थानीय विशाल घलेका अनुसार बाढीले दुवै बजारमा क्षति पुर्याएको हो।
चुमनुब्री गाउँपालिकास्थित छेकम्पारमा सुक्खा पहिरो खसेर नदी थुनिएपछि बाढी आएको आशंका गरिएको छ। नदीको बहाव अत्यधिक बढेपछि किनार तथा आसपासका बासिन्दालाई तत्काल सुरक्षित र उच्च स्थानमा जान आग्रह गरिएको थियो।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।