आईतवार, आश्विन २५,२०८३ 10:43:30
Bizshala
  • आईतवार, आश्विन २५,२०८३ 10:43:30
Bizshala
Global IME Bank Limited

काठमाडौँ उपत्यकाका ६ स्थानबाट जुनसुकै कम्पनीका ग्यास सिलिन्डर साट्न पाइने

Bizshala
काठमाडौँ उपत्यकाका ६ स्थानबाट जुनसुकै कम्पनीका ग्यास सिलिन्डर साट्न पाइने
New Office

काठमाडौँ। दसैँलाई लक्षित गर्दै खाना पकाउने एलपी ग्यासको आपूर्ति सहज बनाउन काठमाडौँ उपत्यकाका विभिन्न ६ स्थानबाट जुनसुकै कम्पनीका सिलिन्डर साट्न सकिने व्यवस्था गरिएको छ। नेपाल एलपी ग्यास उद्योग संघका अनुसार आजदेखि आउँदो शनिबार फूलपातीसम्म उपभोक्ताले तोकिएका केन्द्रबाट आफ्नो सिलिन्डर साटेर ग्यास लिन सक्नेछन्।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

संघले उपत्यकाका विभिन्न ग्यास उद्योग तथा गोदामलाई सिलिन्डर साट्ने केन्द्रका रूपमा तोकेको छ। जसअनुसार बालाजुस्थित नेपाल ग्यास उद्योग, पेप्सिकोलास्थित सगर ग्यासको गोदाम, सुकेधारास्थित बाबा ग्यासको डिपो, सिफलस्थित एभरेस्ट तथा सुगम ग्यासको केन्द्र, कलंकीस्थित साईबाबा तथा श्रीकृष्ण ग्यासको गोदाम र ललितपुरको हरिसिद्धिस्थित श्रीराम ग्यासको गोदामबाट सिलिन्डर साट्न सकिनेछ।

तोकिएका केन्द्रबाट उपभोक्ताले सम्बन्धित स्थानमा उपलब्ध गराइने कम्पनीका सिलिन्डर लिन सक्नेछन्। बालाजुबाट नेपाल, एचपी, गीता, राजधानी र त्रिवेणी ग्यासका सिलिन्डर उपलब्ध हुनेछन्। त्यसैगरी, पेप्सिकोलाबाट सगर, सुकेधाराबाट बाबा र श्री, सिफलबाट एभरेस्ट र सुगम, कलङ्कीबाट साईबाबा र श्रीकृष्ण तथा हरिसिद्धिबाट श्रीराम ग्यासका सिलिन्डर साट्न पाइनेछ।

संघका अनुसार फरक कम्पनीको सिलिन्डर साट्दा उपभोक्ताले अतिरिक्त शुल्क तिर्नुपर्ने छैन। नेपाल आयल निगमको समन्वय तथा ग्यास विक्रेता महासंघको सहकार्यमा सञ्चालन हुने यो व्यवस्था बिहान ९:३० बजेदेखि बेलुका ४ बजेसम्म लागू हुनेछ।

हाल बजारमा ५८ वटा ग्यास उद्योगका सिलिन्डर प्रचलनमा छन्। सिलिन्डर साट्ने क्रममा उपभोक्ताले आफ्नो पहिचान खुल्ने विवरण र मोबाइल नम्बर अभिलेखका लागि उपलब्ध गराउनुपर्ने संघले जनाएको छ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.