काठमाडौं। नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ८ सय रुपैयाँ बढेको छ ।
महासंघले आजका लागि सुनको मूल्य प्रतितोला २ लाख ९६ हजार ५ सय रुपैयाँ तोकेको छ । अघिल्लो कारोबार दिन शुक्रबार सुनको मूल्य २ लाख ९५ हजार ७ सय रुपैयाँ थियो ।
त्यस्तै आज चाँदीको मूल्य तोलामा ३५ रुपैयाँले बढेको छ। अघिल्लो कारोबार दिन शुक्रबार प्रतितोला ४ हजार ४०५ रुपैयाँ रहेको चाँदीको मूल्य आज ४ हजार ४४० रुपैयाँ कायम भएको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।