आईतवार, आश्विन २५,२०८३ 11:38:32
Bizshala
  • आईतवार, आश्विन २५,२०८३ 11:38:32
Bizshala
Global IME Bank Limited

आजदेखि ५० एमबीपीएसभन्दा कमका इन्टरनेट प्याकेज बन्द, मूल्य बढ्ने

Bizshala
आजदेखि ५० एमबीपीएसभन्दा कमका इन्टरनेट प्याकेज बन्द, मूल्य बढ्ने
New Office

काठमाडौं । इन्टरनेट सेवा प्रदायकहरूले आजदेखि ५० एमबीपीएसभन्दा कम गतिको इन्टरनेट प्याकेज बिक्री तथा नवीकरण बन्द गरेका छन् । यससँगै कम गतिको इन्टरनेट प्रयोग गर्ने नयाँ तथा नवीकरण गर्ने ग्राहकले बढी शुल्क तिर्नुपर्ने भएको छ ।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

इन्टरनेट सेवाप्रदायकहरूको संस्था (आइस्पान)ले सेवा गुणस्तर सुधार र अस्वस्थ प्रतिस्पर्धा नियन्त्रण गर्ने उद्देश्यले न्यूनतम गति ५० एमबीपीएस कायम गरेको जनाएको छ । आइतबारसम्म लिइसकेका पुराना प्याकेज भने निरन्तर रहनेछन् ।

नयाँ व्यवस्थाअनुसार भायनेटले ४० एमबीपीएसको मासिक ९०७ रुपैयाँको प्याकेजलाई ५० एमबीपीएसमा बढाएर ९५१ रुपैयाँ पुर्‍याएको छ । त्यस्तै, सुबिसुको २० एमबीपीएसको ७५१ रुपैयाँ र ३० एमबीपीएसको ८०२ रुपैयाँको प्याकेज अब ५० एमबीपीएसको ९०५ रुपैयाँ पर्नेछ ।

वर्ल्डलिंकको न्यूनतम प्याकेज नै ५० एमबीपीएसको ९५० रुपैयाँभन्दा माथि रहेकाले उसको मूल्यमा परिवर्तन नहुने जनाइएको छ । ५० एमबीपीएसभन्दा माथिका प्याकेजको मूल्य पनि यथावत् रहनेछ ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.