काठमाण्डौ । सुदूरपश्चिम प्रदेश सरकारले सेती प्रादेशिक अस्पतालको सेवा तथा पूर्वाधार सुधारका लागि २५ करोड ५० लाख रुपैयाँ बजेट छुट्याएको छ।
आर्थिक मामिलामन्त्री चक्र मल्लले आइतबार प्रदेशसभामा बजेट प्रस्तुत गर्दै धनगढीस्थित अस्पतालको सुधारका लागि उक्त रकम विनियोजन गरिएको जानकारी दिए।
प्रदेशको एकमात्र रेफरल अस्पतालका रूपमा रहेको सेतीको पूर्वाधार सुधारसँगै स्वास्थ्य सेवा थप प्रभावकारी बनाउने उद्देश्यले बजेट व्यवस्था गरिएको हो।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।