नागढुंगा सुरुङमार्ग सञ्चालनको नयाँ मोडलः सुरुवातमा आकस्मिक सवारीलाई मात्रै अनुमति दिइने
काठमाण्डौ । काठमाण्डौ र धादिङ जोड्ने नेपालको पहिलो आधुनिक सुरुङमार्ग नागढुंगा सुरुङमार्ग औपचारिक उद्घाटनको तयारीमा पुगेको छ। तर उद्घाटनसँगै सर्वसाधारणका सबै सवारी साधनका लागि सुरुङमार्ग तत्काल खुला नहुने भएको छ। आयोजनाले सुरक्षालाई प्राथमिकतामा राख्दै चरणबद्ध रूपमा सञ्चालन गर्ने योजना अघि सारेको छ।उद्घाटनपछि पहिलो चरणमा एम्बुलेन्स, सुरक्षा निकायका सवारी साधन तथा...

