काठमाडौं । युवा, श्रम तथा रोजगार मन्त्रालयको अगुवाइमा राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानले सञ्चालन गर्न लागेको निःशुल्क एआई तालिममा ६८ हजारभन्दा बढी युवाले आवेदन दिएका छन् ।
‘मास्टरिङ एआई विथ इफेक्टिभ प्रम्प्ट इन्जिनियरिङ’ तालिम सुरुमा २ हजार युवालाई लक्षित गरी सञ्चालन गर्ने योजना थियो । तर, अपेक्षाभन्दा धेरै आवेदन परेपछि मन्त्रालयले आवेदन दिएका सबैलाई तालिममा सहभागी गराउने निर्णय गरेको छ ।
मन्त्रालयका अनुसार तालिम सुरु हुनुभन्दा दुई घण्टाअघि आवेदकको मोबाइलमा एसएमएसमार्फत जुम वा अनलाइन लिङ्क पठाइनेछ । आवेदकले नाम र मोबाइल नम्बर प्रयोग गरी आफूले रोजेको सत्रमा सहभागी हुन सक्नेछन् ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।