भोटेकोशी बाढीपीडितलाई १ हजार सौर्य लालटिन हस्तान्तरण
काठमाण्डौ । राष्ट्रिय व्यवसायिक पहल (NBI) ले रसुवाको भोटेकोशी बाढीबाट प्रभावित समुदायका लागि १ हजार थान सौर्य लालटिन नेपाल सरकारलाई हस्तान्तरण गरेको छ।Schneider Electric को सहयोगमा प्राप्त करिब ४३ लाख रुपैयाँ मूल्य बराबरका Mobiya Original सौर्य लालटिन सामाखुशीस्थित राहत संकलन केन्द्रमा सरकारलाई हस्तान्तरण गरिएको हो।

