काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रताप सुवेदीले औपचारिक रूपमा पदभार ग्रहण गरेका छन् । उनले शुक्रबारदेखि नेप्सेको नेतृत्व सम्हालेका हुन् ।
मन्त्रिपरिषद्को निर्णयबाट नेप्सेको सीईओमा नियुक्त भएका सुवेदीलाई अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नियुक्तिपत्र हस्तान्तरण गरेका थिए । नियुक्तिपत्र प्राप्त गरेपछि उनले आफ्नो जिम्मेवारी सम्हालेका हुन् ।
बैंकिङ तथा वित्तीय क्षेत्रमा तीन दशकभन्दा लामो अनुभव भएका सुवेदीले लामो समय कृषि विकास बैंकमा बिताएका छन् । उनी यसअघि बैंकको मानव संसाधन तथा सेवा विभागका उपमहाप्रबन्धक र प्रमुख सञ्चालन अधिकृत (सीओओ)का रूपमा कार्यरत थिए ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।