शुक्रबार, कार्तिक २०,२०८३ 03:18:17
  • शुक्रबार, कार्तिक २०,२०८३ 03:18:17
Global IME Bank Limited

लाओससँग व्यापार र लगानी विस्तार गर्न नेपाल–लाओस चेम्बर अफ कमर्स गठनको पहल

Bizshala
लाओससँग व्यापार र लगानी विस्तार गर्न नेपाल–लाओस चेम्बर अफ कमर्स गठनको पहल
New Office

 

काठमाण्डौ । नेपाल र लाओसबीच व्यापार, पर्यटन, लगानी तथा सांस्कृतिक आदानप्रदान विस्तार गर्न नेपाल–लाओस चेम्बर अफ कमर्स गठनको पहल अघि बढाइएको छ।

नेपालका लागि लाओसका अवैतनिक वाणिज्यदूत राजु श्रेष्ठले नेपालका लागि लाओसका नवनियुक्त राजदूत भिथाया सायाभोङको सम्मानमा आयोजित स्वागत कार्यक्रममा लामो समयदेखि रोकिएको चेम्बर अफ कमर्स गठन प्रक्रियालाई अगाडि बढाउन आफू इच्छुक रहेको बताए।

श्रेष्ठले दुवै देशका व्यवसायी समुदायको सक्रिय सहभागिताबाट व्यापार, लगानी र पर्यटनका क्षेत्रमा नयाँ अवसर सिर्जना गर्न सकिने बताए।

उनले नेपाल र लाओसबीचको साझा बौद्ध सम्पदालाई द्विपक्षीय सम्बन्ध विस्तारको महत्वपूर्ण आधारका रूपमा उल्लेख गर्दै लुम्बिनीमा लाओसको बुद्ध मन्दिर निर्माणका लागि आवश्यक समन्वय र सहयोगमा जोड दिए।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

नेपाल सरकारले मन्दिर निर्माणका लागि लुम्बिनीमा जग्गा उपलब्ध गराइसकेको उल्लेख गर्दै उनले उक्त परियोजनालाई दुई देशबीचको मित्रताको स्थायी प्रतीकका रूपमा विकास गर्न सकिने धारणा राखे।

श्रेष्ठले नेपाल र लाओसका नागरिकबीच संस्कृति, परम्परा र जीवनशैलीबारे अनुभव आदानप्रदान बढाउनुपर्ने पनि बताए। जनस्तरको सम्बन्ध बलियो हुँदा कूटनीतिक मित्रता थप प्रभावकारी हुने उनको भनाइ थियो।

नेपालका आँखा चिकित्सक डा. सन्दुक रुइत तथा तिलगंगा आँखा प्रतिष्ठानले लाओसमा गर्दै आएको सेवा र सहकार्यलाई उनले दुई देशबीचको जनस्तरीय सम्बन्धको उदाहरणका रूपमा प्रस्तुत गरे।

कार्यक्रममा लाओसका नवनियुक्त राजदूत भिथाया सायाभोङले नेपाल र लाओसबीच प्राकृतिक, सांस्कृतिक तथा भौगोलिक रूपमा धेरै समानता रहेको बताउँदै पर्यटन र व्यापारका क्षेत्रमा सहकार्य विस्तार गर्न आफू उत्साहित रहेको बताइन्।

Garima Development Bank
Bizshala
IME remit

उनले यस्तो सहकार्यले दुवै देशलाई आर्थिक तथा सामाजिक रूपमा लाभ पुग्ने धारणा राखिन्।

कार्यक्रममा डा. सन्दुक रुइतले पनि नेपाल र लाओसबीचको साझा बौद्ध तथा प्राकृतिक सम्पदाबारे चर्चा गरे। उनले लाओसमा बौद्ध धर्मावलम्बीको ठूलो उपस्थिति रहेको र गौतम बुद्धको जन्मस्थल नेपाल भएकाले त्यहाँका नागरिकले नेपाललाई विशेष सम्मान गर्ने गरेको बताए।

रुइतले लाओस भ्रमणका क्रममा त्यहाँको स्वास्थ्य मन्त्रालयका प्रतिनिधिसँग अन्धोपनको समस्या र त्यसको समाधानका लागि नेपालबाट गर्न सकिने सहकार्यबारे छलफल भएको जानकारी पनि दिए।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.