काठमाण्डौ । विशेष अदालतले नेपाल सरकारले चीनको एक्जिम बैंकबाट लिएको ऋण, त्यसको भुक्तानी प्रक्रिया तथा किस्तागत विवरण पेस गर्न आदेश दिएको छ।
विशेष अदालतका अध्यक्ष वासुदेव आचार्य तथा सदस्यहरू डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको इजलासले सार्वजनिक ऋण व्यवस्थापन कार्यालयबाट ऋणसम्बन्धी सम्पूर्ण विवरण झिकाउन आदेश दिएको हो।
अदालतले चीनको निर्माण कम्पनी सीएएमसीले भुक्तानीका लागि पेस गरेका बिल तथा भरपाइ, हालसम्म भुक्तानी भएको रकम र भुक्तानी हुन बाँकी रकमको विवरणसमेत माग गरेको छ।
उक्त विवरण नेपाल नागरिक उड्डयन प्राधिकरणबाट झिकाउन विशेष अदालतले आदेश दिएको हो।
अदालतको आदेशपछि चीनको एक्जिम बैंकबाट लिइएको ऋणको उपयोग, भुक्तानी प्रक्रिया तथा निर्माण कम्पनीलाई गरिएको र गर्न बाँकी भुक्तानीसम्बन्धी विस्तृत विवरण अदालतमा पेस गर्नुपर्ने भएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।