काठमाण्डौ । विदेशी मुद्रा अपचलन गरी विदेशमा सम्पत्ति र लगानी गरेको आरोपमा व्यवसायी सुलभ अग्रवाल, साहिल अग्रवाल र ललिता अग्रवालविरुद्ध काठमाडौं जिल्ला अदालतमा अर्को मुद्दा दायर भएको छ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले सुलभ अग्रवालमाथि १ अर्ब ६८ करोड २० लाख रुपैयाँभन्दा बढीको बिगो दाबी गरेको छ। ललिता अग्रवालको हकमा १ अर्ब ७८ करोड १५ लाख रुपैयाँ र साहिल अग्रवालको हकमा १० लाख ९९ हजार रुपैयाँ बिगो कायम गरिएको छ। विभागले बिगोको तीन गुणासम्म जरिवानासमेत माग गरेको छ।
अनुसन्धानका क्रममा दुबईमा ‘हाइग्रोभ म्यानेजमेन्ट डीएमसीसी’ नामक कम्पनी स्थापना गरी बैंक खाता सञ्चालन गर्नुका साथै मुद्दती निक्षेप र अन्य कम्पनीमा लगानी गरेको भेटिएको विभागको दाबी छ।
विभागले विदेशी विनिमय ऐनविपरीत कसुर गरेको आरोपमा मुद्दा दायर गरेको हो। यसअघि पनि सुलभ र साहिलविरुद्ध विभिन्न वित्तीय कसुरसँग सम्बन्धित मुद्दा दायर भइसकेका छन्।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।