नयाँ सत्ता गठबन्धनका दलबीच ८ बुँदे सहमति, राष्ट्रियसभा अध्यक्ष माओवादी र उपाध्यक्ष एमालेलाई
काठमाण्डौ । आज मात्र बनेको नयाँ सत्ता गठबन्धनमा प्रारम्भिक चरणमा सहभागी मुख्य ४ दलबीच ८ बुँदे सहमति भएको छ । कांग्रेस नेतृत्वको पुरानो गठबन्धन भत्काएर नयाँ समीकरण बनेलगत्तै ३ बिनाविभागीय मन्त्रीसहित सानो आकारको मन्त्रीपरिषद गठन भएको केही समयपछि दलहरुबीच ८ बुँदे सहमति भएको हो । प्रतिनिधिसभाको दोश्रो ठूलो दल नेकपा एमाले, माओवादी केन्द्र, रास्वपा र जसपाबीच यस्तो सहमति...

