अब आउने बजेट पहिलेको भन्दा पृथक हुनेछः प्रधानमन्त्री दाहाल
काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहालले आगामी आर्थिक वर्षको नीति कार्यक्रम तथा बजेट पहिलेभन्दा भन्दा फरक हुने बताएका छन् । सुदूरपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोहका लागि महेन्द्रनगर जाने क्रममा आइतबार धनगढी विमानस्थलमा बोल्दै प्रधानमन्त्रीले दाहालले यस्तो बताएका हुन् ।

