९ महिनामा वाणिज्य बैंकका लगानीकर्ताले १५.५९%सम्म गुमाए, धितोपत्र बजार पूँजीकरणमा पनि कमजोर
काठमाण्डौ । वाणिज्य बैंकका सेयरधनीहरुले १५.५९ प्रतिशतसम्म गुमाएका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आवको तेस्रो त्रैमाससम्मको रिर्पोटले यस्तो देखाएको हो । राष्ट्र बैंकका अनुसार तेस्रो त्रैमाससम्म वाणिज्य बैक र हाइड्रो इन्डेक्स बाहेक सबै इन्डेक्स वृद्धि भएको छ । बैकिङ्ग इन्डेक्स घट्दा वाणिज्य बैंकहरुको धितोपत्र बजार पूँजीकरण हिस्सा समेत घट्न पुगेको छ...