सागर डिष्टिलरीको आइपीओमा १६.७० गुणा बढी आवेदन
काठमाण्डौ । सागर डिष्टिलरीको आइपीओमा १६.७० गुणा बढी आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडका अनुसार आजसम्म कम्पनीको आइपीओमा १७ लाख ५२ हजार ४४२ जनाले आवेदन दिएका छन् । कम्पनीको आइपीओमा १ अर्ब ९८ करोड ९० लाख ६८ हजार रुपैयाँ बराबरको १ करोड ९८ लाख ९० हजार ६८० कित्ताका लागि आवेदन परेको छ, जुन यो मागभन्दा १६ गुणा बढी हो ।