एनआरएन इन्फ्रास्ट्रक्चरको नाफामा १८८.०३% को उछाल,रिटेन्ड अर्निङमा ३६.२४% को वृद्धि
काठमाण्डौ । एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार कम्पनीको खुद नाफा १८८.०३ प्रतिशतले बढ्दै १ करोड ६३ लाख ५४ हजार रुपैयाँ पुगको छ । अघिल्लो आवको सोहि अवधिसम्म कम्पनीको नाफा ५६ लाख ७७ हजार रुपैयाँमा सीमित थियो ।