ब्रोकरले असूल्दै आएका चर्को कमिसन घटाउने तयारी अर्थमा गएर तुहियो, प्रतिवेदन रद्दीको टोकरीमा
काठमाण्डौ । अर्थमन्त्रालयले चासो नदिएपछि सेयर कारोबार गर्दा लगानीकर्ताहरुले ब्रोकरलाई तिर्दै आएको चर्को कमिसन तत्कालका लागि नघट्ने देखिएको छ । अर्थमन्त्रालयका अधिकारीहरु लाखौं लगानीकर्ताहरुको हितलाई बिर्सिएर सीमित संख्याका ब्रोकरहरुको हितमा मात्र केन्द्रीत हुँदा ब्रोकर कमिसन घटाउने गरी अन्तिम अवस्थामा पुगेको तयारी समेत तुहिएको छ । अब ब्रोकर कमिसन तत्काल घट्ने...