एशियन हाईड्रोपावर २.२९ करोड घाटामा,रिजर्भको आकार ७८.९८% ले घट्यो
काठमाण्डौ । एशियन हाईड्रोपावर लिमिटेड २ करोड रुपैयाँ बढी घाटामा रहेको छ । कम्पनीले सार्वजनिक गरेको चालु आवको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण अनुसार कम्पनी २ करोड २९ लाख ४९ हजार रुपैयाँ घाटामा रहेको छ । अघिल्लो आवको पुस मसान्तसम्म भने कम्पनीले २९ लाख ५४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।