काठमाण्डौ । कृषि विकास बैंक लिमिटेडले गत आर्थिक वर्षका लागि सेयरधनीहरुलाई कुनै पनि लाभांश नदिने भएको छ ।
बैंकको माघ २५ गते बसेको सञ्चालक समितिको बैठकले आव २०७९/८० का लागि कुनै पनि लाभांश प्रदान नगर्ने निर्णय गरेको हो ।
बैंकले आर्थिक वर्ष २०७७/७८ का लागि भने २१.०५२६ प्रतिशत लाभांश प्रदान गरेको थियो ।
बैंकले गत आवका लागि लाभांश नदिने भएपछि यसपालि भने बैंकका सेयरधनीको हात खाली हुने भएको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।