आईतवार, पुष ७,२०८१ 02:33:49
IME remit
  • आईतवार, पुष ७,२०८१ 02:33:49
IME remit
Global IME Bank Limited

हिमालयन रि इन्स्योरेन्सले १०ः८ अनुपातमा हकप्रद जारी गर्ने,डाक्यो साधारण सभा

Hyundai Nepal
हिमालयन रि इन्स्योरेन्सले १०ः८ अनुपातमा हकप्रद जारी गर्ने,डाक्यो साधारण सभा
Nabil Bank Limited

काठमाण्डौ । हिमालयन रि इन्स्योरेन्सले हकप्रद जारी गर्ने प्रमुख अजेण्डासहित वार्षिक साधारण सभा डाकेको छ। कम्पनीको फागुन २६ गते बसेको सञ्चालक समितिको बैठकले तेस्रो वार्षिक साधारण सभा डाकेको हो।  

बैठकले आगामी फागुन २० गते आइतबारका दिन राष्ट्रिय सभा गृहमा बिहान ११ बजे सभा आयोजना गर्ने निर्णय गरेको हो। उक्त सभामा गत आर्थिक वर्षका लागि ४ प्रतिशत बोनस सेयर र ०.२१ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गर्निेछ ।  

Bizshala
Shivam Cement
CG Motors

यस्तै बोनस सेयर वितरणपश्चात कायम हुने चुक्तापूँजी १० अर्ब ४० करोड रुपैयाँको १०ः८ अर्थात १० सेयर बराबर ८ सेयर अनुपातमा ८ अर्ब ३२ करोड रुपैयाँबराबरको हकप्रद सेयर जारी गर्ने विशेष प्रस्ताव पारित गरिनेछ । सभामा सोहि अनुसार कम्पनीको अधिकुत,जारी र चुक्तापूँजी वृद्धि गर्ने प्रस्ताव स्विकृत गरिनेछ ।  

सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत हुने आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ। यस्तै लेखापरीक्षकको प्रतिवेदन सहित २०८० असार मसान्तको वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतका अनुसूचीहरु स्वीकृत गर्ने तथा आ।व २०८०/८१ को लेखापरीक्षणका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरिनेछ।  

यसैगरी सञ्चालक समितिमा संस्थापक समूहका सेयरधनीतर्फको रिक्त रहेको १ जना सञ्चालक पदमा बाँकी कार्यकालका लागि तथा सर्वसाधारण सेयररधनी समूहका तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने दुईजना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव पनि पारित  गरिनेछ।

वार्षिक साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले आगामी फागुन ७ गते गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Bizshala
Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
IME remit
New Office
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.