झापामा दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज २०२६ हुने, प्रथमलाई एक लाख पुरस्कार
TRENDING
काठमाण्डौ । नेपाल सरकारले स्थलमार्ग हुँदै आफ्नै सवारी साधन लिएर प्रवेश गर्ने विदेशी पर्यटकका लागि सेवा प्रक्रियामा ठूलो सुधार गर्दै ‘अस्थायी सवारी आयात’ (टीआईभी) प्रणाली अनलाइनमार्फत लागू गरेको छ। भन्सार विभागद्वारा विकसित उक्त प्रणालीको उद्घाटन स्वर्णिम वाग्लेले गरेका हुन् ।
काठमाण्डौ । नेपाल पर्यटन बोर्डको निमित्त प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा हिक्मतसिंह ऐर नियुक्त भएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ऐरलाई कार्यालय प्रमुखको हैसियतमा कार्यसम्पादन गर्ने जिम्मेवारी तोकेको हो।
काठमाण्डौं । नेपालको हिमाली पर्यटनको धड्कन मानिने अन्नपूर्ण संरक्षण क्षेत्र पछिल्लो समय विदेशी पर्यटकको आकर्षणको केन्द्रका रूपमा अझ सशक्त बन्दै गएको छ। गत साउनदेखि चैतसम्म मात्रै यहाँ दुई लाख ५१ हजारभन्दा बढी विदेशी पर्यटक पुगेका छन् । यो आगमनले पनि यस क्षेत्रको बढ्दो लोकप्रियता स्पष्ट देखाउँछ।विशेषगरी चैत महिना यहाँको पर्यटनका लागि स्वर्णिम सावित भएको छ, जहाँ ६५...
काठमाण्डौं । विश्वकै अग्लो शिखर सगरमाथा आरोहणको क्रममा खुम्बु आइसफल क्षेत्रमा भएको हिमपहिरोले दुई जना आरोही घाइते भएका छन्। पर्यटन प्रवर्द्धनका हिसाबले महत्वपूर्ण मानिने यस क्षेत्रमा भएको घटनाले आरोहण सुरक्षाबारे फेरि ध्यानाकर्षण गराएको छ।
काठमाण्डौ । सन् २०२६ को अप्रिलमा नेपालमा एक लाख ७ हजारभन्दा बढी पर्यटक भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले सोमबार सार्वजनिक गरेको तथ्यांकअनुसार सन् २०२६ को अप्रिलमा नेपालमा विदेशी पर्यटक आगमन एक लाख ७ हजार ९३४ पर्यटक भित्रिएका हुन् ।बोर्डको तथ्यांकअनुसार क्षेत्रगत रूपमा हेर्दा दक्षिण एसिया ९सार्क० बाट सबैभन्दा बढी ३३ हजार ४३२ पर्यटक भित्रिएका छन् । जुन कुल आगमनको ३१...
काठमाण्डौं, नेपालको पूर्वी नाका काँकरभिट्टा हुँदै पैदलमार्गबाट नेपाल भ्रमणमा आउने विदेशी पर्यटकको संख्यामा उल्लेखनीय वृद्धि भएको छ।अधिकारित तथ्याङ्क अनुसार, प्रतिदिन औसत २८ जना विदेशी नागरिक यस नाका हुँदै नेपाल प्रवेश गर्दैछन्।चालू आर्थिक वर्ष २०८२/८३ को साउनदेखि चैत मसान्तसम्मको नौ महिनामा ८१ देशका ७,६४२ विदेशी पर्यटक काँकरभिट्टाबाट नेपाल आएका छन्।
काठमाण्डौ । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले आन्तरिक पर्यटन प्रबद्धन गर्ने हेतुले आफ्ना अभिकर्ताहरुका लागि २ रात ३ दिनको मनोरञ्जनात्मक नारायणी क्रुज सफारी कार्यक्रम चितवनको सौराह स्थित होटल सेभेन स्टारमा सम्पन्न गरेको छ ।संस्कृती, सौहार्द र सयरको संगम भन्ने नाराका साथ २०८२, फाल्गुण र चैत्र महिनामा संचालन गरेको मासिक योजना अन्तर्गत लक्ष्य पुरा गर्न सफल अभिकर्ताहरुलाई...
काठमाण्डौं । बल्खुस्थित बागमती नदीमा ६१ वर्षीय एक पुरुष मृत अवस्थामा फेला परेका छन्। प्रहरीले दिउँसो उनको शव भेटिएको जनाएको छ।प्रहरीका अनुसार मृतक इन्द्रबहादुर राई भएको र उनी बल्खुको फलफूल मण्डीमा लामो समयदेखि काम गर्दै आएका थिए। उनको परिवारसँग सम्पर्क गर्ने प्रयास भइरहेको पनि प्रहरीले जनाएको छ ।
काठमाण्डौ । पहाडकी रानी भनेर परिचित बन्दीपुरमा ‘भिलेज टुरिज्म मार्ट २०८३’ शुक्रबारदेखि औपचारिक रूपमा सुरु भएको छ । ग्रामीण पर्यटनलाई अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धन गर्ने र स्थानीय समुदायसँग जोडिएको दिगो पर्यटन विकास गर्ने लक्ष्यसहित आयोजित चारदिने कार्यक्रमको उद्घाटन उद्योग तथा पर्यटनमन्त्री यशोदा रिमालले गरेकी छन् ।औपचारिक उद्घान अघि बन्दीपुर बजार क्षेत्रमा...
काठमाण्डौ । विश्व पर्वतारोहण इतिहासका दुई महत्वपूर्ण शिखर मनास्लु र ल्होत्सेको पहिलो सफल आरोहणको ७० वर्ष पूरा भएको अवसरमा नेपालले सन् २०२६ भरि ‘प्लाटिनम जुबिली’ विशेष कार्यक्रमका साथ मनाउने भएको छ । नेपाल पर्यटन बोर्ड र नेपाल पर्वतारोहण संघको संयुक्त आयोजनामा हुने यी कार्यक्रमले ऐतिहासिक उपलब्धिको स्मरण मात्र होइन, नेपाललाई विश्व पर्यटनको प्रमुख गन्तव्यका रूपमा...
काठमाण्डौ । पछिल्लो समय पश्चिम एसियामा बढ्दो द्वन्द्वका कारण हवाई मार्गमा देखिएको अवरोध तथा विश्व पर्यटन बजारमा आएको अस्थिरताबीच नेपाल पर्यटन बोर्डले सीमा जोडिएको छिमेकी मुलुक भारतमा लक्षित पर्यटन प्रवर्द्धन अभियानलाई तीव्रता दिएको छ । सोही रणनीतिअनुसार भारतको नयाँ दिल्लीमा नेपाललाई उत्कृष्ट वैवाहिक गन्तव्यका रूपमा प्रवर्द्धन गरिएको छ ।नेपाल पर्यटन बोर्ड र होटल...
काठमाण्डौ । मुगुको मुगुम कार्माङ गाउँपालिकाको छायाँनाथमा यही जेठ ३ गते छानाथ ट्रेल अल्ट्रा रेस २०२६ हुने भएको छ । एड्भेन्चर स्पोट्स (साहसिक खेलकुद) मार्फत त्यहाँको पर्यटकीय सम्भावनालाई मूर्तरूप दिन मुगुम कार्मारोङ गाउँपालिकाको आयोजना र अल नेपाल स्पोद्स फाउन्डेसनको सहकार्यमा आगामी जेठ ३ गते ‘छायाँनाथ अल्ट्रा रेस’ आयोजना हुने भएको हो ।नेपाल पर्यटन बोर्डको सभाहलमा बिहीबार...
काठमाण्डौ । निजी वायुसेवा प्रदायक यति एयरलाइन्सले मानव संसाधन (एचआर) प्रमुख पदका लागि दरखास्त आह्वान खुलाएको छ। कम्पनीले काठमाण्डौ कार्यालयका लागि अनुभवी र रणनीतिक नेतृत्व क्षमता भएका उम्मेदवारहरूबाट आवेदन आह्वान गरेको हो।यस पदका लागि आवेदकले मानव संसाधन, व्यवसाय प्रशासन वा सम्बन्धित विषयमा स्नातकोत्तर तह उत्तीर्ण गरेको हुनुपर्नेछ। साथै, कम्तीमा १० देखि १५ वर्षसम्मको...
काठमाण्डौ। पर्यटन व्यवसायीहरुले सनकको भरमा पर्यटन नीति, नियमहरुमा परिवर्तन नगर्न सरकारलाई सुझाव दिएको छ । टुर एण्ड ट्राभल व्यवसायीको छाता संस्था सोसाइटी अफ ट्राभल एण्ड टुर अपरेटर्स नेपाल (सोट्टो–नेपाल) को १८ औँ वार्षिक साधारण सभामा पर्यटन व्यवसायीले पर्यटन क्षेत्रमा पर्ने दिर्घकालिन असरलाई मध्यनजर गर्दै सोचविचार पुर्याएर मात्रै पर्यटन नीति, नियममा परिवर्तन गर्न...
झापा । नेपाल पर्यटन बोर्ड र पर्यटन कार्यालय काकडभिट्टाको संयुक्त आयोजनामा कोशी प्रदेशको झापामा भएको “क्रस बोर्डर टुरिजम् कन्क्लेभ झापा २०२६” को तेस्रो संस्करणमा सीमापार पर्यटनको प्रवर्द्धन, नीतिगत सुधार र नेपाल-भारत सहकार्यलाई थप सुदृढ बनाउन जोड दिइएको छ । शुक्रबार झापाको होटल मेची क्राउनमा भएको कार्यक्रममा वक्ताहरुले पर्यटन विस्तारका लागि व्यवहारिक सुधार, पूर्वाधार...
काठमाण्डौ । नेपाल पर्यटन बोर्डले मध्यपूर्वमा चर्किएको संकटले नेपालको प्रमुख स्रोत बजार, हवाई सम्पर्क र पर्यटक आगमनमा पार्ने असर न्युनिकरणका लागि वैकल्पिक रणनीतिबारे छलफल गरेको छ । बोर्डले बिहीबार आयोजना गरेको ‘मध्यपूर्व संकट र यसको नेपाली पर्यटनमा प्रभाव’ विषयक अन्तरक्रियामा सरोकारवालाहरूले संकटलाई चुनौती मात्र नभई अवसरका रूपमा समेत लिनुपर्ने धारणा राखेका छन्...
काठमाण्डौ । मध्यपूर्व क्षेत्रमा चर्किँदै गएको भूराजनीतिक संकटले नेपालको पर्यटन क्षेत्रमा गम्भीर असर देखिन थालेको छ। प्रमुख स्रोत बजार र अन्तर्राष्ट्रिय ‘ट्रान्जिट गेटवे’ प्रभावित बन्दै जाँदा नेपाल आउने पर्यटकको बुकिङ नै ४७ प्रतिशतसम्म रद्द भएको तथ्य सार्वजनिक भएको छ।
काठमाण्डौ। नेपाल पर्यटन बोर्ड, नेपाल वायुसेवा निगम र पाटा नेपाल च्याप्टरको संयुक्त आयोजनामा जापानको टोकियो र ओसाकामा नेपाललाई सुरक्षित, अद्वितीय र वर्षैभरि भ्रमणयोग्य गन्तव्यका रूपमा प्रबर्द्धान गरिएको छ ।अप्रिल २ देखि ५ मा टोकियो र ओसाकामा सम्पन्न पर्यटन प्रबर्द्धन र बिटुबी कार्यक्रमले नेपाली र जापानी पर्यटन व्यवसायीबीच प्रत्यक्ष संवाद, सहकार्य र व्यापारिक सम्बन्ध...
काठमाण्डौ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका दिन सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै विदेशी पर्यटकको घुमफिरमा रोक लगाइने भएको छ। निर्वाचन आयोगका अनुसार मतदानको दिन देशभर सार्वजनिक यातायात तथा आन्तरिक उडान बन्द रहने भएकाले पर्यटकीय गन्तव्यतर्फको आवागमनमा अस्थायी प्रतिबन्ध लगाइएको हो।निर्वाचन पर्यवेक्षणका लागि अन्तर्राष्ट्रिय संस्थाबाट आउने विदेशी...
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.