सोमबार, श्रावण १८,२०८३ 06:30:11
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 06:30:11
Bizshala
Global IME Bank Limited

गल्फ इन्डष्ट्रियल पार्टनर सेमिनार विरगञ्जमा सम्पन्न

गल्फ इन्डष्ट्रियल पार्टनर सेमिनार विरगञ्जमा सम्पन्न
New Office

काठमाण्डौ । नेपालमा गल्फ लुब्रिकेन्टका उत्पादन र वितरण गर्ने गल्फ इन्टरनेशनलको इजाजतपत्र प्राप्त नेपाल ल्युब आयल लिमिटेडले विरगञ्जमा औद्योगिक क्षेत्रलाई प्राथमिकता राखी ‘म्चष्खष्लन एबचतलभचकजष्उ, ँगभििष्लन क्गअअभकक’नारामा इन्डष्ट्रीयल पार्टनर सेमिनार सम्पन्न गरेको छ ।

 कम्पनीका महाप्रबन्धक गंगा राज भट्टराईको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथि विरगञ्जका नगर प्रमुख राजेश मान सिंह थिए । सो कार्यक्रममा विशेष अतिथिको रुपमा विरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष अनिलकुमार अग्रवाल  र  विरगञ्ज उद्योग वाणिज्य संघकाउपाध्यक्षश्री माधव राजपालको उपस्थिति थियो । सो कार्यक्रममा गल्फ इन्टरनेशनलका केदार रेदे, निर्यात प्रबन्धक, प्राविधिक डिभिजनका उप–महाप्रबन्धक तपस चक्रवर्ती ,सहायक प्रबन्धक अम्लान मल्लको उपस्थिति थियो ।  

सो कार्यक्रममा गल्फ इन्टरनेशनलका प्रतिनिधिहरुले विभिन्न औद्योगिक क्षेत्रका सरोकारवालाहरूसँग गल्फ लुब्रिकेंटको प्राविधिक पक्षमा चर्चा गर्दै, स्टिल, सिमेन्ट, निर्माण, खानीलगायतका औद्योगिक क्षेत्रका लागि गल्फलुब्रिकेंट किन उपयुक्त छ भन्ने विषयमा विस्तृत प्रस्तुति र छलफल गरेका थिए । सो कार्यक्रममा विभिन्न औद्योगिक क्षेत्रका १३० भन्दा प्रतिनिधिहरुले सहभागिता जनाएका थिए ।  

कम्पनीका महाप्रबन्धक गंगा राज भट्टराईले भने, ‘नेपाल ल्यूब आयलले विगत ४० वर्षदेखि बहुराष्ट्रिय गल्फ ब्रान्डलाई अन्तर्राष्ट्रिय स्तरको गुणस्तरमा स्वदेशमै उत्पादन गर्दै आएको छ । आगामी दिनहरूमा, कम्पनीले सिंथेटिक उत्पादनहरू उत्पादन गर्न आफ्नो क्षमता विस्तार गर्ने योजना अघि सारेको छ । यसका लागि आवश्यक अत्याधुनिक प्रयोगशाला र परीक्षण सुविधाहरूको पनि विस्तार गरिरहेको छ । यो पहलका माध्यमबाट, औद्योगिक प्रतिष्ठानहरूले उच्च गुणस्तरका उत्पादनहरू सरल र सहज रूपमा सेवा लिन सक्नेछन् । उत्पादनको गुणस्तर र लामो ड्रेनेज क्षमता प्रदान गर्न सक्षम भएकोले, गल्फ लुब्रिकेंटको प्रयोगले उद्योगहरूको कुल लागत घट्नेछ र मेसिनहरूको आयु पनि बढ्नेछ।’

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.