सोमबार, फाल्गुन ४,२०८२ 06:08:50
Bizshala
  • सोमबार, फाल्गुन ४,२०८२ 06:08:50
Bizshala
Global IME Bank Limited

र्याम्पवाल्क आयोजना गर्दै ह्वाइट फेदर्स ज्वेलरी, मोडल छनौटका लागि अडिसन आह्वान

र्याम्पवाल्क आयोजना गर्दै ह्वाइट फेदर्स ज्वेलरी, मोडल छनौटका लागि अडिसन आह्वान
Shivam Cement

काठमाण्डौ । काठमाण्डौको न्यूरोडस्थित ह्वाइट फेदर्स ज्वेलरीले २०२५ फेब्रुअरी १ मा र्याम्पवाल्क आयोजना गर्ने भएको छ।पहिलो संस्करणको ‘ह्वाइट फेदर्स ज्वेलरी रन वेभोल्युमवान’को अवसरमा ज्वेलरीले र्याम्पवाल्क आयोजना गर्ने भएको हो।

ज्वेलरीले र्याम्पवाल्कमा सहभागी हुन चाहनेहरुको लागि अडिसन खुला गरेको छ।अडिसन भने २०२५ जनवरी ११ तारिखमा ज्वेलरीको न्युरोडस्थित कार्यालयमा बिहान ११ बजेदेखि बेलुका ४ बजेसम्म हुनेछ।अडिसनमा सहभागी हुनको लागि पुरुषको हकमा कम्तिमा ५ फिट ६ इन्च उचाई तथा महिलाको हकमा कम्तिमा ५ फिट २ इन्चको उचाई हुनुपर्ने ज्वेलरीले जनाएको छ। 

अडिसनको लागि पुरुषको हकमा ब्ल्याक फिटेड टिशर्ट, फिटेड जिन्स र ब्ल्याक फर्मल सुज र महिलाको हकमा ब्ल्याक फिटेड टिशर्ट र जिन्स, हाई हिल्स र पोनी टेल हेयर स्टाइल हुनुपर्ने ज्वेलरीले उल्लेख गरेको छ। इच्छुकहरुले ज्वेलरीको फेसबुक, इन्स्टाग्राम, टिकटक पेजमार्फत सम्पर्क गर्न सक्ने ज्वेलरीले जनाएको छ।

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

अडिसनमा भाग लिनको लागि ८०० रुपैयाँ शुल्क तोकिएको छ।अडिसनबाट छनौट हुने २७ जनाले २०२५ फेब्रुअरी १ तारिखको दिनहुने ‘ह्वाइट फेदर्स ज्वेलरी रनवे’कोअवसरमा हुने र्याम्प वाल्कमा प्रस्तुति दिन पाउने ज्वेलरीका संस्थापक स्किनर रसाइलीले जानकारी दिए।उनका अनुसार सो दिन ज्वेलरीको आधिकारिक वेबसाइट सार्वजनिक गरिने, विभिन्न धमाकेदार अफरहरु घोषणा गरिने, र विभिन्न गिफ्ट ह्याम्परहरु समेत प्रदान गरिनेछ।उनले सो दिन घोषणा हुने केहि अफरहरु नवीन रहेको र त्यस्ता अफर अहिलेसम्म नेपालमा सञ्चालन नै नभएको दाबी गरे।

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

काठमाण्डौको न्युरोड खिचापोखरीमा रहेको ह्वाइट फेदर्स ज्वेलरी ७ वर्षदेखि ग्राहकहरुको सेवामा समर्पित छ। ह्वाइटफेदर्स सस्तो, सुलभ र गुणस्तरीय सुन, चाँदी तथा हिराका गरगहना पाइने गहना पसलको रुपमा चिनिन्छ।

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.