सोमबार, आश्विन २६,२०८३ 11:09:13
Bizshala
  • सोमबार, आश्विन २६,२०८३ 11:09:13
Bizshala
Global IME Bank Limited

धोनी र एक्स्ट्रा डिटर्जेन्ट पाउडर किन्दा सुन र चाँदीका सिक्का जित्ने अवसर

Bizshala
धोनी र एक्स्ट्रा डिटर्जेन्ट पाउडर किन्दा सुन र चाँदीका सिक्का जित्ने अवसर
New Office

काठमाण्डौ । हिमगिरी हाइजिन प्रालिले ग्राहकहरूलाई लक्षित गर्दै ‘लुगा चमचम, गोजी छमछम, सुन र चाँदी धमाधम’ स्किम ल्याएको छ । कम्पनीले बिक्री गर्दै आएको धोनी र एक्स्ट्रा डिटर्जेन्ट पाउडर खरिद गर्दा सुन र चाँदीका सिक्का जित्नुका साथै हात खाली नजाने योजना समावेश गरी स्किम ल्याएको हो ।  

कम्पनीले उक्त स्किम सार्वजनिक गरी स्किम चलिरहेका डिटर्जेन्ट पाउडरहरू बजारमा उपलब्ध भइसकेको बताएको छ । हिमगिरी हाइजिन मार्केटिङ हेड भुवनेश प्रताप मल्लले यो स्किम १०० रुपैयाँभन्दा माथिका डिटर्जेन्ट पाउडरहरूमा मात्र लागू रहेको जानकारी दिए ।  

उक्त पाउडरको खरिदमा स्किमभित्रै अन्य थुप्रै उपहारको व्यवस्था गरिएको छ । जसले डिटर्जेन्ट पाउडरका खरिदकर्तालाई नयाँ अनुभव प्रदान गर्ने कम्पनीको विश्वास छ ।  

Shivam Cement
Mahalaxmi Development Bank
Garima Development Bank

‘स्किम लागू भएका डिटर्जेन्ट पाउडर बजारमा आइसकेका छन्, उक्त पाउडर खरिद गरी पाउडरभित्रै कुपन राखिएको छ । सो कुपनमा सिक्का परेको खण्डमा कम्पनीमा सम्पर्क गर्नुपर्ने हुन्छ,’ उनले भने ।  

स्किम रहेका १०० रुपैयाँभन्दा माथिका डिटर्जेन्ट पाउडरहरू खरिद गरी कुपनमा सुन र चाँदी सिक्का परेको खण्डमा कम्पनीको सम्पर्क नम्बर ९७०५६००००० कल गर्न सकिने छ । कल गरेपछि कम्पनीले सुन र चाँदीका सिक्का दिन सक्षम हुने मल्लले बताए ।  

कम्पनीले स्किम लागू भएका प्रत्येक प्याकेजमा स्किम कार्ड राखेको हुन्छ । सो कार्डमा कुनै न कुनै उपहार समावेश भएको भएका छन् । मल्लका अनुसार डिटर्जेन्ट पाउडर किनेर सुनका साथै चाँदीका सिक्का जित्न र हात खाली नजाने गरी उपहारको व्यवस्था मिलाइएको यो कम्पनीको नयाँ योजना हो ।  

CG Motors
Bizshala
Muktinath Bikas Bank Limited

सो कार्डमा एउटा किन्दा अर्को फ्री पाउडर लगायतका उपहार दिइएका छन् । उक्त उपहार डिलर वा पसलबाट लिन सकिने छ । डिटर्जेन्ट पाउडरको गुणस्तर झल्काउन र यसको प्रयोगलाई बढाउन कम्पनीले ल्याएको यो स्किम लामो समयसम्म सञ्चालन हुने कम्पनीले जनाएको छ ।

हिमगिरी हाइजिनले नेपाली बजारमा स्यानिटेसन सामग्री साबुन, डिटरजेन्ट पाउडर र ट्वाइलेट सोपलगायत प्रडक्टहरू उत्पादन तथा बिक्री गर्दै आएको छ ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.