Bizshala
  • सोमबार, पुष २८,२०८२ 08:05:38
Bizshala
Global IME Bank Limited

विशेष आर्थिक क्षेत्रभित्र उद्योग सञ्चालन गर्न १२० दिनभित्र सम्झौता गरिसक्नुपर्ने, कर्जासम्बन्धी यस्तो छ व्यवस्था

Hyundai Nepal
विशेष आर्थिक क्षेत्रभित्र उद्योग सञ्चालन गर्न १२० दिनभित्र सम्झौता गरिसक्नुपर्ने, कर्जासम्बन्धी यस्तो छ व्यवस्था
Shivam Cement

काठमाण्डौ । विशेष आर्थिक क्षेत्रभित्र उद्योग स्थापना र सञ्चालन गर्न १२० दिनभित्र सम्झौता गरिसक्नुपर्ने भएको छ । अनुमतिपत्रवालाले उद्योग स्थापना र सञ्चालनका सम्बन्धमा हाल कति समयसम्म सम्झौता गरिसक्नुपर्ने भन्ने प्रष्ट व्यवस्था नभएको सन्दर्भमा यसलाई १२० दिनभित्र गरिसक्नुपर्ने व्यवस्था गरिएको हो ।  

अर्थ मन्त्रालयले विशेष आर्थिक क्षेत्र ऐन, २०७३ मा संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो ।  

CG Motors
Bizshala
Garima Development Bank

विशेष आर्थिक क्षेत्र भित्र स्थापना भएका उद्योगले आफ्नो उत्पादनको न्यूनतम ३० प्रतिशत अनिवार्यरुपमा निर्यात गर्नुपर्ने रहेकोमा कुनै उद्योगले काबु बाहिरको परिस्थिति परी निर्यात गर्न असमर्थ भएको अवस्थामा प्राधिकरणको पूर्वस्वीकृति लिई त्यस्तो अवधिभर अनुमति पाएको परिमाण नेपालको आन्तरिक बजारमा बिक्री गर्न सक्ने गरी व्यवस्था गरिएको छ।

विशेष आर्थिक क्षेत्रको उद्योगले जग्गा बाहेकको स्थिर सम्पत्ति वा सम्झौतालाई पनि बैङ्क तथा वित्तीय संस्थामा धितो राखी ऋण लिन सक्ने व्यवस्था गरिएको छ ।

New Office
Laxmi Sunrise Bank Limited
IME remit

यस्तै विशेष आर्थिक क्षेत्र बाहिर रही स्थापना पश्चात निश्चित वर्षसम्म कर छुटको सुविधा प्राप्त गरिरहेका कुनै उद्योग विशेष आर्थिक क्षेत्रमा स्थानान्तरण भएमा पनि बाँकी अवधीका लागि त्यस्तो सुविधा निरन्तर रहने व्यवस्था गरिएको छ । उत्पादन मुलक उद्योगले मात्र विशेष आर्थिक क्षेत्र भित्र रहेका उद्योगलाई उत्पादन बिक्री गर्दा निर्यात गर्ने उद्योग स सुविधा प्राप्त गर्ने हालको व्यवस्थामा सेवा मुलक उद्योगलाई पनि समावेश गरिएको छ ।

Bizshala
Muktinath Bikas Bank Limited
IME remit
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.