मंगलवार, श्रावण १९,२०८३ 03:15:17
Bizshala
  • मंगलवार, श्रावण १९,२०८३ 03:15:17
Bizshala
Global IME Bank Limited

स्किल सेवाले राष्ट्रिय घर निर्माण फेस्ट अयोजना गर्ने

स्किल सेवाले राष्ट्रिय घर निर्माण फेस्ट अयोजना गर्ने
New Office

काठमाण्डौ । स्कील सेवाले राष्ट्रिय घर निर्माण फेस्ट २०८१ (महोत्सव)को आयोजना गर्ने भएको छ । महोत्सवको प्रमुख उद्देश्य नयाँ घर निर्माण एवं पुराना घरकारको मर्मत सम्भारको लागि आवश्यक ज्ञान, सीप प्रविधिबारे चेतना जगाउनु रहेको छ ।

घर व्यक्तिका लागि आफू बस्ने सबैभन्दा मूल्यवान सम्पत्ति भएकाले यो सम्पत्तिलाई अधिकभन्दा अधिक भरपर्दी, सुरक्षित एवं दिगो बनाउन जरुरी हुने र महोत्सवले यही आवश्यकतालाई प्रभावकारी ढंगले परिपूर्ति गर्ने अपेक्षा आयोजकको रहेको छ ।

घर निर्माण फेस्टमा घरधनी, निर्माण व्यवसायी, इन्जिनियर, काठमाण्डौ उपत्यकका नगरपालिकाहरू वास्तुकलाविद्, उद्यमी, विद्यार्थीलगायताका अन्य इच्छुक व्यक्तिहरुले एउटै छानामुनि घर निर्माण एवं मर्मत संम्भारको बारेमा छलफल, अन्तरक्रिया गर्न सक्ने बताइएको छ । फेस्टको मूख्य अकर्षणहरूः सस्तो घर, बलियो घर, निर्माणसम्बन्धी मापदण्ड, र निमार्णसम्बन्धी अत्याधुनिक प्रबिधिको प्रयोग रहेको छ ।

घरको आधुनिक र पुराना डिजाइन, खाली ठाउँ, बिजुली, हावापासको उचित प्रयोगलगायतका विषयमा पनि महोत्सवमा छलफल हुने बताइएको छ । महोत्सव आगामी फागुन १५, १६ र १७ गते काठमाण्डौस्थित बुद्धनगरेको क्लालिटी ब्यान्क्वेटमा आयोजना गरिएको छ । बिहान १० बजेदेखि साँझ ६ बजेसम्म महोत्सवमा सहभागी हुन सकिने आयोजक संस्थाले जनाएको छ ।

घर निर्माणका सन्दर्भमा आफूहरुले सचेतना फैलाउन महोत्सव आयोजना गरिएको बताईन् । ‘जो कोही पनि घर बनाउने इच्छुक हुनुहुन्छ, उहाँहरुलाई नै हामीले लक्षित गरेर यो प्रोगाम आयोजना गर्दैछौं,’ उनले भनिन् ।

यस फेस्टमा घरधनी, निर्माण व्यवसायी, इन्जिनियर, वास्तुकलाविद्, उद्यमी, विद्यार्थी लगायताका अन्य इच्छुक व्याक्तिहरूले एउटै छतमुनि घर निर्माण एवं विभिन्न मर्मतसंभार सम्बन्धी महत्वपूर्ण छलफल अन्तरकृया हुनेछ ।

यस्ता पक्षहरूमा घरको आधुनिक र पारम्परिक डिजाइन, खाली ठाउँ, बिजुली, हावापासको उचित प्रयोग, गुणस्तरीय विचारहरूलाई प्रस्तुत गर्ने मात्रै होइन त्यस्ता विचारबाट लगानी जुटाउने अवसर पनि प्रदान गरिने बताइएको छ ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.