सोमबार, श्रावण १८,२०८३ 07:06:13
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 07:06:13
Bizshala
Global IME Bank Limited

एलओडीको छैठौँ वार्षिकोत्सवः पहिलो दिन श्रीगो र पुर्नको संगीतमा झुमे दर्शक

एलओडीको छैठौँ वार्षिकोत्सवः पहिलो दिन श्रीगो र पुर्नको संगीतमा झुमे दर्शक
New Office

काठमाण्डौ। काठमाण्डौमा रहेको एलओडीले छैठौँ वार्षिकोत्सव मनाएको छ । क्लब स्थापना भएको ६ वर्ष पुगेकाले क्लबले ६ दिनसम्म विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाकारको उपस्थितिमा वार्षिकोत्सव मनाउन लागेको हो ।

शनिवार साँझ क्लबमा वार्षिकोत्सव पहिलो दिन श्रीगो एण्ड द गेन र पुर्न राई तथा दाजुभाइ र लिसियस डिजेले प्रस्तुति दिएका थिए । पहिलो प्रस्तुती श्रीगो एण्ड द गेनले गरेका थिए । श्रीगोले आफ्नो चर्चीत गीत तथा संगीतसँगै नयाँ गीत कमीला पनि गाएका थिए । उनले कमीला गीत शुक्रबार साँझ सार्वजनिक गरेका थिए ।

साथै, दोस्रो पस्तुती पुर्न राई तथा दाजुभाइले दिएका थिए । पुर्न राईले आफ्नो चर्चीत गीत सर्पश, कालो सेतो र चर्चीत गीतहरुमा गाएर दर्शक झुमाएका थिए ।  

पहिलो दिन पुर्न र श्रीगोले प्रस्तुती दिए भने अझै पाँच दिन देश तथा विदेशका चर्चीत कलाकारले क्लबको वार्षिकोत्सवमा प्रस्तुती दिने क्लबका निर्देशक भूपेन कुँवरले बताए । उनले क्ल्ब ६ वर्ष पुगेको हुनाले ६ दिन वार्षिकोत्सव मनाएको बताए ।  

क्लबले दर्शकलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाकारको जमघट गराएर फरक अनुभूति दिन लागिएको उनको भनाइ छ । ‘रात्रीकालीन जीवनका पारखीहरू तथा विदेशी पर्यटकहरूलाई यस क्लबले झनै आकर्षित गराएको छ, ’ उनले भने, ‘हामीले क्लब स्थापना गरेसँगै राष्ट्रको नाम राखेका छौँ । विभिन्न मुलुकका कलाकार यहाँ प्रस्तुति दिन आउँछन् । अहिले विभिन्न मुलुकले क्लबकै कारण नाम थाहा पाएका छन् ।’

२८ फागुन १, २ ८ र ९ गते गरी ६ दिन मनाउने भएको हो । २८ गते कुमासागर एण्ड द ख्वापले प्रस्तुती गर्नेछन् । साथै फागुनको एक,दुई,आठ र नौँ गते क्रमशः समिर श्रेष्ठ (एफटी गुड ब्वाईज), दोङ, टप हन्डेट डिजे क्यूब्रीक्स र कर्मा ब्यान्डसँगै कुटुम्बले पनि प्रस्तुती दिने भएका छन् ।

एलओडी क्लब ुलर्ड अफ द ड्रिंक्स’ विश्वकै उत्कृष्ट क्लबमध्ये ५० औं स्थानमा परेको क्लब हो । केही समयअघि क्लब पुनः ‘डिजे म्याग टप १००’ को नोमिनेसनमा परेको छ ।

डिजे म्यागले हरेक वर्ष विभिन्न मुलुकमा रहेका उत्कृष्ट क्लबहरूको छनौट गर्छ । म्यागमा विश्वभरका सय उत्कृष्ट डिजे क्लबको सहभागी रहने गर्छ ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.