सोमबार, आश्विन २६,२०८३ 09:43:05
Bizshala
  • सोमबार, आश्विन २६,२०८३ 09:43:05
Bizshala
Global IME Bank Limited

सागर ग्रुपद्वारा इनेक्स कनेक्टसहित दुई वटा मोडलका क्यामेरा सार्वजनिक

Bizshala
सागर ग्रुपद्वारा इनेक्स कनेक्टसहित दुई वटा मोडलका क्यामेरा सार्वजनिक
New Office

काठमाण्डौ । सागर ग्रुपले नेपाली बजारमा इनेक्सका नयाँ प्रडक्टको सार्वजनिक गरेको छ । उक्त ग्रुपद्वारा आयोजित ‘बेलियो एक्सपेरियन्स टेक्नोलोजी एण्ड लाइफस्टाइल ः मिट एण्ड ग्रिट, एक्स्पो–२०२५’ बाट इनेक्स कनेक्ट र इनेक्सको दुईवटा मोडलका क्यामेराको सार्वजनिक गरेको हो ।  

नेपालमा पहिलो पटक इनेक्स क्यूब, इनेक्स सी५७० क्यामेरा र इनेक्स कनेक्ट आएका हुन् । कोनिका मिनोल्टाअन्तर्गतको इनेक्सका यी प्रडक्टहरू विश्व बजारमा निकै लोकप्रिय छन् । कोनिका मिनोल्टा प्रिन्टरको लागि प्रख्यात भएता पनि यस कम्पनीले क्यामेरालगायत अन्य डिजिटल डिभाइसहरूको उत्पादन गर्दै आएको छ ।  

नेपाली बजारमा इनेक्सका उक्त प्रडक्ट आएसँगै यसको प्रयोगबाट ग्राहकहरूले नयाँ अनुभव लिनसक्ने सागर ग्रुपले जानकारी दिएको छ । एआई–सञ्चालित, हाई क्वालिटी भिडियो र सिमलेस कार्यक्षमता भएका इनेक्सका तीन वटै मोडलका प्रडक्टले प्रयोगकर्तालाई फोटो वा भिडियोको खिचाइमा उत्कृष्ट अनुभव प्रदान गर्ने सागर ग्रुपकी उपाध्यक्ष बुद्ध लक्ष्मी मानन्धरले जानकारी दिइन् ।

Shivam Cement
Mahalaxmi Development Bank
Garima Development Bank

इनेक्स क्यूब र इनेक्स सी५७० क्यामेरामा उच्च रिजोल्युसनको सेन्सर र राम्रो कलर रिकर्शनको लागि एड्भान्स टेक्नोलोजीहरू प्रयोग गरिएको छ । सबै मोडलहरूमा अत्याधुनिक फिचर, स्टाइलिश डिजाइन र उत्कृष्ट प्रदर्शन क्षमता भएकाले ग्राहकहरूलाई इनेक्सका यी प्रडक्टका प्रयोगले दैनिकीमा पनि सहजीकरण ल्याउने सागर ग्रुपले विश्वास लिएको छ ।  

उच्च गुणस्तर भएका इनेक्स प्रडक्टमा अटो फोकसिङ जस्ता प्रविधिहरूको समावेश रहेको मानन्धरले बताइन् । ‘विश्व बजारमा प्रख्यात इनेक्सका यी तीन प्रडक्ट भित्र्याउन पाउँदा हामी खुसी छौ, मिटिङ हललगायत ठाउँका लागि उपयुक्त यी क्यामेराहरू आम ग्राहकको रोजाइमा पर्ने अपेक्षा छ,’ उनले भनिन् ।  

इनेक्स क्यामेरा औसत मूल्यमै उपलब्ध रहेको सागर ग्रुपको भनाई छ । इनेक्स क्यामेराले भर्चुअल मिटिङ साथै सम्मेलनको भिडियो रेकर्डलाई सहज र तीव्र बनाउने छ । आकर्षक र कम्प्याक्ट डिजाइनमा उपलब्ध इनेक्स क्यामेरा धेरै जनाबीचको भिडियो बनाउनु पर्याे भने निकै उपयोगी रहेको बताइन्छ ।  

स्मार्टफोन र अन्य उपकरणहरूलाई कनेक्ट गर्ने विकल्प दिएको इनेक्स क्यामेराले ठूलो संख्याबीचको फोटो र भिडियो सुटिङलाई सहज बनाउने कोनिका मिनोल्टा कम्पनीका बिजनेस म्यानेजर अमित अरोड़ाले जानकारी दिए । उच्च क्वालिटीको भिडियो रेकर्डिङको क्षमता, फोरके भिडियो रेकर्डिङ इनेक्स क्यामेराको प्रमुख विशेषता हुन् ।  

CG Motors
Bizshala
Muktinath Bikas Bank Limited

यस्ता छन् इनेक्स प्रडक्टको विशेषता  

इनेक्स कनेक्ट  

इनेक्स कनेक्टमा वायरलेस कन्फरेन्सिङ सिस्टम दिइएको छ । फोरके स्क्रिन कास्ट, क्यामेरा स्ट्रिमिङ, टाइप–सी प्लग एण्ड प्ले र ८–माइक एरे यसको प्रमुख विशेषता हुन् । कम्प्याक्ट र मोर्डन डिजाइन भएको यो डिभाइस उत्कृष्ट फिचर भएकै कारण प्रख्यात छ । फोरके आउटपुट रेजोल्युसन भएको यस डिभाइसमा यूएसबी, एचडीएमआई र वाइफाइसमेत यसमा कनेक्ट गराउन सकिन्छ । यसलाई विशेष गरी स्पिकर वा रेकर्डरको रूपमा प्रयोग गर्न सकिने बताइएको छ ।  

इनेक्स क्यूब  

अत्याधुनिक प्रविधि र आकर्षक डिजाइनको संयोजन भएको इनेक्स क्यूब प्रयोगकर्ता मैत्री क्यामेरा हो । नेपालमा पहिलो पटक ल्याइएको यो क्यामेरा मिटिङ गर्दाको भिडियो खिच्नका लागि निकै उपयोगी छ । इनेक्स क्यूब क्यामेरामा एचडी रिजोलुसनमा भिडियो रेकर्ड गर्नसक्ने सक्षम छ । जसले स्पष्ट र उच्च क्वालिटीको इमेज प्रदान गर्छ । यो क्यामेरा वाइफाइमार्फत स्मार्टफोन वा अन्य डिभाइससँग जडान गर्न सकिन्छ । जसले रियल टाइममा भिडियो स्ट्रिम गर्न मद्दत पुर्याउँछ ।

इनेक्स क्यूब क्यामेरामा मोशन डिटेक्शन क्षमता पनि छ । फोर–क्यामेरा लेन्स भएको यो क्यामेरामा फोरके ३६०̊ पनोरमासहित मल्टिपल फेसियल ट्रयाकिङको पनि सुविधा दिइएको छ । यस्तै, रिमोट कन्ट्रोलमार्फत पनि यसलाई चलाउन सकिने बताइएको छ । रातको समयमा पनि स्पष्ट रूपमा देख्नका लागि नाइट भिजनको सुविधा यस क्यामेरामा उपलब्ध छ । क्लाउड स्टोरेज र माइक्रो कार्ड सपोर्टको सुविधासमेत रहेको यस क्यामेरामा भिडियो रेकर्डिङलाई उत्कृष्ट बनाउँछ ।  

इनेक्स सी५७०  

इनेक्स सी५७० क्यामेरामा इमेज स्टेबलाइजेशन प्रविधि छ । जसले फोटो खिच्दा वा भिडियो रेकर्ड गर्दा कुनै पनि समस्याको सिर्जना हुन दिँदैन । यो क्यामेराबाट विशेष गरी चलिरहेको अवस्थामा स्पष्ट र सफा चित्र प्रस्तुत गर्न महत्त्वपूर्ण भूमिका खेल्छ । प्रिमियम सोनी सेन्सर दिइएको यस क्यामेरामा अटोः फ्रेमिङको सुविधा पनि दिइएको छ ।  

१२०̊ वाइड एंगल क्यामेरा भएको इनेक्स सी५७० मा रिमोट कन्ट्रोल व्यवस्था पनि छ । हाई डाइनामिक रेन्ज दिइएको यस क्यामेराले उज्यालो र अन्धकार भागकोबीचमा सन्तुलन कायम राखेर राम्रो रिजल्ट दिन्छ । वाइड एंगल होस् वा टेलीफोटो लेन्स यस क्यामेराको साहयताबाट उत्कृष्ट फोटोहरू लिन सकिन्छ ।    

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.