सोमबार, फाल्गुन ४,२०८२ 04:13:00
Bizshala
  • सोमबार, फाल्गुन ४,२०८२ 04:13:00
Bizshala
Global IME Bank Limited

मर्क्योर होटलले ल्यायो भ्यालेन्टाइन डे अफरहरु, कुनको मूल्य कति ?

मर्क्योर होटलले ल्यायो भ्यालेन्टाइन डे अफरहरु, कुनको मूल्य कति ?
Shivam Cement

काठमाण्डौ । काठमाण्डौको सुकेधारा हाइट्समा रहेको मर्क्योर होटलले भ्यालेन्टाइन डे अवसरमा विशेष अफरहरु ल्याएको छ । एकोरद्वारा व्यवस्थापन गरिएको मर्क्योर होटलले क्युरेट गरिएका डाइनिंग अनुभव र विशेष रोमान्टिक स्टे प्याकेजहरू सहितको उत्सवमा रमाउन जोडीहरूलाई आमन्त्रण गरेको छ ।  

काठमाण्डौ उपत्यका र नजिकका हिमालहरूको मनमोहक दृश्यहरूको बीचमा अवस्थित मर्क्योर काठमाण्डौले अविस्मरणीय भ्यालेन्टाइन डे मनाउन एक मनमोहक सेटिंग प्रदान गर्ने होटलले जनाएको छ। यस अवसरमा प्रेमिल जोडीहरुले क्यान्डल लाइट डिनर, रुफटपको घनिष्ठ अनुभव अथवा लक्जरियस ओभरनाइट रिट्रीट, जस्ता अनुभव साट्न पाउनेछन् ।  

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

दिनभरि चल्ने रेस्टुरेन्ट डाइनमा एक भव्य बुफे डिनरको मज्जा लिन सक्ने समेत होटलले जनाएको छ । रातो र सुनौलो रङको आकर्षक सजावट, मैनबत्तीको झिलिमिली र सुन्दर फूलहरूको संयोजनले रोमान्टिक वातावरण सिर्जना गर्नेछ। पाहुनाहरूले लाइभ म्युजिकको आनन्द लिँदै स्पार्कलिंग वाइन, हाउस ककटेल वा मकटेलसँग स्वादिष्ट परिकारहरूको पनि आनन्द लिन सक्नेछन्। होटलले प्रति जोडी ७ हजार ९९९ रुपैयाँ निर्धारण गरेको छ ।  

भ्यालेनटाइनको दिन मनमोहक रुफटप डाइन अनुभवको लागि ९० मिनेटका लागि असीमित पास, अराउन्ड स्न्याक्स र अनलिमिटेड अल्कोहलिक बेभेरेजहरूको मज्जा लिन सकिनेछ । यसका लागि भने प्रतिजोडी १२ हजार ९९९ रुपैयाँ तोकिएको छ ।  

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

होटलले भ्यालेन्टाइनका स्टे प्याकेजहरू पनि सार्वजनिक गरेको छ । यसका लागि भने प्रतिजोडी १७ हजार ९९९ रुपैयाँ निर्धारण गरिएको छ । नाइट टू रिमेम्बर–द अल्टिमेट रोमान्टिक एस्केप लक्जरियस रिट्रीट खोज्नेहरूका लागि यो प्याकेजमा ब्रेकफास्टको मज्जाका साथमा रोमान्टिक नाइट स्टे पनि समावेश हुनेछ । यो अफरको मूल्य प्रतिजोडी २२ हजार ९९९ रुपैयाँ तोकिएको छ । 

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.