मंगलवार, श्रावण १९,२०८३ 04:42:52
Bizshala
  • मंगलवार, श्रावण १९,२०८३ 04:42:52
Bizshala
Global IME Bank Limited

नेपालकै पहिलो १०० इन्च मेगास्क्रिन टिभी अब नेपाली बजारमा

नेपालकै पहिलो १०० इन्च मेगास्क्रिन टिभी अब नेपाली बजारमा
New Office

काठमाण्डौ । नेपालकै सबैभन्दा ठूलो र नं. १ ब्राण्ड सिजीले १०० इन्च मेगास्क्रिन टिभी नेपाली बजारमा भित्र्याएको छ । फोरके ओएलईडी प्लसं टेक्नोलोजि प्रयोग गरिएको सो टिभीको पिक ब्राइटनेस ८०० निट्सको छ ।९० प्रतिशत डीसीआई पी–३ कलर ग्यामेट सहितको टि।भीमा १२ लोकल डिमिङ जोन रहेकोर ११४ हर्ज रिफ्रेस रेटमा ६४ बिलियन कलर सम्मको डल्बी भिजन रहेको छ ।कम्पनीका अनुसार सिजी ब्राण्डको टिभीनेपालकै पहिलो गुगल प्रमाणित टिभी हो र सो टिभी नेपालकै सबैभन्दा ठुलो र पहिलो १०० इन्च मेगास्क्रिन टिभी हो।

कम्पनीका अनुसार टिभीको पिक प्रोफोर्मेन्स कायम राख्न नयाँ क्वाडकोर ए सेभेन थ्रि प्रोसेसर जडान गरिएको छ । त्यसका साथै GB DDR4 RAM+ 32 GB storage पनि छ । कोठामा होस् या लिभिङ रुममा, एन्टि ग्लेर स्क्रिनको मदतले ५० प्रतिशतसम्म रिफ्लेक्सन रोकिन्छ । जसले गर्दा १७८ डिग्रिको भियुइङ एङ्गल प्रदान गर्छ। 

यसमा ६० वाटको २.१.२ साउन्ड सिस्टम जडान गरिएको छ, जसमा ५ वाटको २ वटा टप फायरिङ स्पिकर, एउटा २० वाटको सबवुफर अनि २ वटा १५ वाटको डाउन फायरिङ स्पिकर रहेको छ । साथै ह्यान८ फ्रि भ्वाइस कन्ट्रोल भएको सो टिभीमा रहेको डोल्बि एटमोस सिनेम्याटिक साउन्डको प्रयोगले ग्राहकहरुलाई मल्टि डाइमेन्सनल साउन्डको अनुभुति गराउँछ ।

जसले टेलिभिजनमा चलचित्र, खेल हेर्दा वास्तविक रोमाञ्चक अनुभव दिनेछ । साथै निर्बाध गेमिङ प्रोफोर्मेन्स, जस्मा गेम पिक्चर मोड र एमिङ एड जस्ता सुविधाहरूले अद्भुत गेमिङ अनुभव प्रदान गर्नेछ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.