सोमबार, असार २,२०८२ 05:13:52
  • सोमबार, असार २,२०८२ 05:13:52
Global IME Bank Limited

अष्ट्रेलियामा विदेशीहरुलाई २ वर्षसम्म घर किन्न प्रतिबन्ध

Hyundai Nepal
अष्ट्रेलियामा विदेशीहरुलाई २ वर्षसम्म घर किन्न प्रतिबन्ध
Nabil Bank Limited

काठमाण्डौ । अष्ट्रेलियाले विदेशी लगानीकर्तालाई आगामी दुई वर्षसम्मका लागि घर किन्न प्रतिबन्ध लगाउने भएको छ । देशभरको हाउजिङ आपूर्तिमा देखा परेको दबाब कम गर्न अष्ट्रेलियाली सरकारले यस्तो घोषणा गरेको हो ।  

‘हामी विदेशी लगानीकर्तालाई आगामी अप्रिल १ देखि मार्च ३१ २०२७ सम्म अष्ट्रेलियामा घर किन्न प्रबितन्ध लगाउदै छौं,’ अष्ट्रेलियाका ट्रेजरर जिम चालमेर्सले हाउजिङ मन्त्री क्लार्क ओ नियलसँग संयुक्त विज्ञप्ती निकाल्दै भने । विज्ञप्तीमा प्रतिबन्धको समयावधि लम्ब्याउने विषयमा पुनरावलोकन समेत हुन सक्ने जनाइएको छ ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

अष्ट्रेलियामा हाउजिङ क्षेत्रलाई लिएर गत वर्ष असन्तुष्टि हालसम्मकै उच्च पुगेको थियो । यो विषयले आगामी मे मा आयोजना हुने आम निर्वाचनलाई प्रभावित पार्ने समेत जनाइएको छ । हाउजिङका कारण अष्ट्रेलियाको जीवनयापन महङ्गो भएको छ ।  

अष्ट्रेलिया सरकारले हालैमात्रै हाउजिङ सुधार बिल पास गरेको थियो । जसमा मूल्य कम गर्न र सन् २०३० सम्म १२ लाख नयाँ घर निर्माण गर्न डेभलपर्सका लागि इक्विटी स्किम र कर सुविधा समावेश छन् ।    

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.