काठमाण्डौ । घर निर्माणका लागि चाहिने सामाग्रीहरु अब एउटै छानामूनि पाइने भएको छ । पछिल्लो समय घर निर्माण तथा भौतिक संरचनाका कार्यहरु धमाधम भइरहेका छन् ।
यसैबीच आफ्ना ग्राहकको सहजतालाई मध्यनजर गर्दै मनकामना हार्डवेयर एण्ड सप्लायर्स प्रा।लि।ले आजदेखि काठमाण्डौंमा नयाँ शाखा विस्तार गरेको छ । शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवालले बुधबार सतुंगलस्थित नयाँ शाखाको उद्घाटन गरेका हुन् । योसँगै अब मनकामना हार्डवेयरको काठमाण्डौमा मात्रै दुईवटा शाखा भएका छन् ।
उक्त कार्यक्रममा निर्माण सामाग्री उत्पादन गर्ने प्राय सबै उद्योगका प्रमुख वा प्रतिनिधिहरु र निर्माण क्षेत्रसँग सम्बन्धित व्यवसायीहरुको बाक्लो उपस्थिति रहेको थियो ।
कम्पनीका अनुसार अब एउटै छानामूनि घर निर्माणका सामाग्रीहरु सिमेन्ट, डण्डी, जस्ता पाता, रड, स्टिल जस्ता सम्पूर्ण सामाग्री एउटै छानामूनि पाइनेछ । ग्राहकको सेवा सुविधालाई ध्यानमा राखेर कम्पनीले छोटो समयमा नै डेलिभरि गर्ने उद्देश्यका साथ सतुंगलमा नयाँ शाखा सञ्चालनमा ल्याएको हो ।
कम्पनीका अनुसार यो शाखा ७औं शाखा हो । बनेपामा प्रमुख कार्यालय रहेको मनकामना हार्डवेयरको बनेपा, भकुण्डे, सिन्धुली, बर्दिबास, नारायणढ र थली काठमाण्डौमा शाखा विस्तार भइसकेको छ ।
मनकामना हार्डवेयरका सञ्चालक राम प्रसाद झाङले आजबाट काठमाण्डौ, ललितपुर, भक्तपुर, धादिङ र नुवाकोटलाई आधार मानेर त्यहाँका हार्डवेयर तथा निर्माण व्यवसायीलाई सुभल र सहजताको लागि उक्त ब्रान्च सञ्चालनमा ल्याएको जानकारी दिए ।
साथै सञ्चालक सज्जन कुमार अग्रवालले मनकामना हार्डवेयरको सतुंगल शाखा विस्तारले काठमाण्डौ आसपासको ग्राहकहरुलाई अत्यन्तै सहज र सजिलो हुने बताए । ‘अहिले हामीले बागमती प्रदेश र मधेश प्रदेशमा प्रत्यक्ष र देशैभरी अप्रत्यक्ष रुपमा सेवा दिदैं आइरहेका छौं’ उनले भने, ‘शाखा सञ्जालको कार्यलाई निरन्तरण दिदैं हामीले देशका सबै शहरहरुमा शाखा विस्तार गर्ने योजना बनाएका छौं ।’
उक्त कार्यक्रममा सतुंगल शाखा प्रमुख रोशन पाठकले आजबाट सुरु गरिएको मनकामना हार्डवेयरको सतुंगल शाखालाई माया गरेर सेवा गर्ने अवसर दिन सम्पूर्ण निर्माणसँग सम्बन्धित उद्यमी र व्यवसायीलाई आग्रह गरेका छन् ।
उनका अनुसार उक्त शाखामार्फत आफ्ना ग्राहकलाई उचित मूल्यमा सामाग्रीहरु वितरण गरिनेछ । ‘विशेषगरी सतुंगल शाखाबाट चन्द्रागिरी नगरपालिकाभित्रका स्थानीय बासिन्दाहरुलाई सहुलियत मूल्यमा घर निर्माणका सामाग्रीहरु बिक्री वितरण गर्नेछौं’ उनले भने, ‘योसँगै निर्माण व्यवसायी र आम ग्राहकवर्गहरुले समेत मनकामना हार्डवेयरको यस शाखाबाट घर निर्माणका सबै सामाग्रीहरु उचित मूल्यमा पाउनुहुनेछ ।’
मनकामना हार्डवेयरको सतुंगल शाखाले सम्पूर्ण निर्माण व्यवसायीहरुको सहजतामा टेवा पुग्ने उनले विश्वास व्यक्त गरे । ‘यो शाखाबाट सम्पूर्ण निर्माण व्यवसायीहरुलाई समेत सहजता हुने विश्वास गरेको छु, उहाँहरुका लागि यो शाखा व्याकप हो’ उनले भने, ‘अब रड, सिमेन्ट जस्ता सामाग्रीहरु जति पनि क्वान्टेटिमा चाहिन्छ, त्यो सबै यहिबाटै उपलब्ध हुनेछ ।’
मनकामना हार्डवेयरको सतुंगल शाखाबाट घर निर्मार्णका सबै सामाग्रीहरु फ्याक्ट्रिकै मूल्यमा प्राप्त गर्न सकिने पाठकले बताए । ‘विशेषगरी अब निर्माण व्यवसायीहरुका लागि यो शाखा विस्तारले समयको बचतसँगै यातायात खर्च समेत कटौती हुनेछ’ उनले भने, ‘यसअघि खुद्रा व्यवसायीहरुले डण्डी विरगंजबाटै मगाउनुपर्ने अवस्था थियो त्यसका लागि धेरै समय लाग्ने र ट्रान्सपोर्टेसन चार्ज पनि धेरै लाग्ने हुन्थ्यो, तर अब त्यो सबै समस्या समाधान हुनेछ ।’
कार्यक्रममा अम्बे स्टिल्स प्रालि, अम्बे सिमेन्ट, अर्घाखाँची सिमेन्ट, बृज सिमेन्ट, अशोक स्टिल्स इन्डस्ट्रिज, नारायणी स्टिल्स, राजेश हार्डवेयर, गोयल स्टिल्स, ह्वासीन सिमेन्ट, होङ्सी सिमेन्ट, हुलास स्टिल्स, हुलास वायर इन्डस्ट्रिज, जगदम्बा प्लास्टिक, जगदम्बा इन्टरप्राइजेज, स्वस्तिक रोलिङ मिल्स प्रालि, हुलास आइरन, मारूती सिमेन्ट, सिद्धि लक्ष्मी स्टिल्स प्रालि, राजेश मेटल क्राफ्ट, पाल्पा सिमेन्ट, लक्ष्मी स्टिल, सर्वोत्तम सिमेन्ट, शुभश्री जगदम्बा सिमेन्ट, प्रिमियम स्टिल , गोयंका स्टिल, युनाइटेड सिमेन्ट लगायतका अन्य विभिन्न उद्योगका प्रमुख र प्रतिनिधिहरू तथा निर्माण क्षेत्रसँग सम्बन्धित व्यवसायीहरूको उपस्थिति रहेको थियो ।