काठमाण्डौ । बालबालिकाको सुरक्षित हेरचाह, शैक्षिक प्रवर्द्धन, र सिर्जनात्मक विकासलाई ध्यानमा राख्दै बिराटनगरमा पहिलो पटक आधुनिक सुविधा सम्पन्न ‘किडोपिया स्टुडियो’ सञ्चालनमा आएको छ। व्यस्त अभिभावकहरूका लागि ठूलो सहजता प्रदान गर्ने उद्देश्यले सुरु गरिएको यो डे केयर केन्द्रले बालबालिकाका लागि सुरक्षित, मनोरञ्जनात्मक तथा ज्ञानवर्द्धक वातावरण उपलब्ध गराउनेछ।
किडोपिया स्टुडियो’ ले बालबालिकाको समग्र विकासलाई प्राथमिकता दिँदै विभिन्न अत्याधुनिक सुविधा समेटेको छ। यसमा इनडोर तथा आउटडोर खेल क्षेत्र, पुस्तकालय, दृश्य(श्रव्य शिक्षण (एभी) कोठा, आईटी तथा आर्ट ७क्राफ्ट स्टुडियो जस्ता सिर्जनात्मक गतिविधिहरू समावेश छन्।
साथै, तार्किक सोच तथा समस्या समाधान क्षमताको अभिवृद्धि गर्न ब्रेन गेम तथा पजल्सको विशेष व्यवस्था गरिएको छ। बच्चाहरूको पोषण तथा स्वास्थ्यलाई ध्यानमा राख्दै प्रोटिनयुक्त स्वस्थ भोजनको आपूर्ति गरिएको छ भने आकस्मिक स्वास्थ्य सहायता उपलब्ध गराउन प्राथमिक उपचार (फर्स्ट एड) सेवाको व्यवस्था गरिएको छ।
बालबालिकाको सुरक्षालाई पहिलो प्राथमिकतामा राख्दै ‘किडोपिया स्टुडियो’ मा गेटेड सेक्युरिटी अर्थात् निगरानीयुक्त सुरक्षित वातावरण निर्माण गरिएको छ। प्रशिक्षित शिक्षक तथा अनुभवी स्टाफको साथमा बच्चाहरूले खेल्दै(खेल्दै सिक्ने अवसर पाउनेछन्, जसले उनीहरूको मानसिक, शारीरिक तथा सामाजिक विकासलाई सघाउनेछ।

बिराटनगर(१० मा अवस्थित ‘किडोपिया स्टुडियो’ हप्ताको सातै दिन बिहान १० बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन हुनेछ। अभिभावकहरूले आफ्ना बालबालिकालाई सुरक्षित र शिक्षणमैत्री वातावरणमा राख्ने अवसर प्राप्त गर्ने भएकाले यो स्टुडियो विशेष आकर्षणको केन्द्र बन्ने अपेक्षा गरिएको छ।



प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।