आईतवार, बैशाख ६,२०८३ 11:49:47
Bizshala
  • आईतवार, बैशाख ६,२०८३ 11:49:47
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

क्यानडा र मेक्सिकोलाई २५% ट्यारिफमा छुट दिने ट्रम्पको निर्णय

Bizshala
क्यानडा र मेक्सिकोलाई २५% ट्यारिफमा छुट दिने ट्रम्पको निर्णय
Shivam Cement

काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडा र मेक्सिकोलाई २५ प्रतिशत ट्यारिफमा छुट दिने निर्णय गरेका छन् । ट्रम्पले दुई दिनमा अमेरिकाका दुई ठूला व्यापारिक साझेदारहरूबाट आयातमा ट्यारिफ लगाउने र त्यसपछि छुट दिने निर्णय गरेको यो दोस्रो पटक हो।  

यी निर्णयहरूले व्यापार र वित्तीय बजारहरूको अनिश्चितता बढाएको छ।

बुधबार ट्रम्पले कार उत्पादकहरुलाई २५ प्रतिशत आयात शुल्कबाट अस्थायी रुपमा छुट दिने बताएका थिए । मेक्सिकोका राष्ट्रपति क्लाउडिया शेनबाउमले यस कदमको लागि ट्रम्पलाई धन्यवाद दिएका छन् । उता क्यानाडाका अर्थमन्त्रीले भने अमेरिकी उत्पादनहरूमा प्रतिशोधात्मक शुल्कको दोस्रो चरणलाई तत्कालका लागि स्थगित गर्ने बताएका छन्।

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले बिहीबार अमेरिकी राष्ट्रपति ट्रम्पसँग ट्यारिफको बारेमा फोन वार्तालाप गरेका थिए।  ट्रुडोले पत्रकारहरूलाई यसबाट केही राहत भए पनि भविष्यमा व्यापारलाई लिएर दुई सहयोगीहरू बीच द्वन्द्वको सम्भावना अझै कायम ्रहेको बताए।

कार निर्माताहरू र कार पार्ट्स आपूर्तिकर्ताहरूलाई मद्दत गर्ने उद्देश्यले मेक्सिकोका राष्ट्रपति शेनबाउमसँगको फोन वार्तापछि ट्रम्पले अप्रिल २ सम्म छूटहरू विस्तार गर्न सहमत भएको बताए।

CG Motors
Garima Development Bank
IME remit

ह्वाइट हाउसका एक अधिकारीले मेक्सिकोबाट हुने अमेरिकी आयातको ५० प्रतिशत र क्यानडाबाट हुने ६२ प्रतिशत आयातमा शुल्क अझै कायम रहने बताए।

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.