आईतवार, असार २८,२०८३ 04:43:49
Bizshala
  • आईतवार, असार २८,२०८३ 04:43:49
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

नेपाल–युगाण्डा व्यापार तथा लगानी विषयक छलफल सम्पन्न

Laxmi Sunrise Bank Limited
नेपाल–युगाण्डा व्यापार तथा लगानी विषयक छलफल सम्पन्न

काठमाण्डौ । नेपालका लागि युगाण्डाका नवनियुक्त राजदुत जोयसकाकुरा मात्सुकिका फुन्डाको उपस्थितीमा काठमाण्डौमा द्धिपक्षीय व्यापार तथा लगानीको बारेमा छलफल सम्पन्न भएको छ।

एसियन इन्टिच्युट अफ डिप्लोमेसी एन्ड इन्टरनेसनल अफेयर्स (एआइडिआइए) को आयोजनामा भएको उक्त छलफलमा युगाण्डाका गैरआवसीय नवनियुक्त राजदुत प्रोफेसर किकाफुन्डाले युगाण्डा तथा नेपालबीच धेरै समानता रहेको बताउँदै नेपाली व्यवसायीहरुलाई युगाण्डामा लगानी गर्न अनुरोध गरिन्।

New Office
CG Motors
Garima Development Bank

नेपाल तथा युगाण्डाको प्रतिब्यक्ति आय तथा जनसंख्या लगभग समान रहेको जानकारी दिँदै उनले धेरै विश्व मञ्चमा पनि नेपाल तथा युगाण्डाले साथ–साथै उपस्थिती जनाएको बताइन्।नेपाल आगामी वर्ष अल्पविकसित राष्ट्रको समुहबाट विकासोन्मुख राष्ट्रको समुहमा स्तारेन्नती हुन लागेको तथा युगाण्डा पनि गत वर्ष स्तरोन्नतीको लागी योग्य भएको उनले जानकारी दिइन्।

किकाफुन्डाले युगाण्डामा लगानीमैत्री वातावरण रहेको तथा लगानीकर्ताहरुलाई उद्योग खोल्न निःशुल्क जमिन दिइने, आयकरमा छुट दिइने तथा अन्य विविध सुबिधाहरु रहेको बताइन्।

यस्तै, युगाण्डाको कफि विश्वमा धेरै लोकप्रिय रहेको बताउँदै उनले नेपालमा पनि कफिको बारेमा चासो रहेको थाहापाउँदा खुसि व्यक्त गरिन्।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यसका साथै, नेपालका लागि युगाण्डाका प्रस्तावित कन्सुलर जनरल ब्यवसायी विनय उपाध्यायले नेपाल तथा युगाण्डाबीच जनताको स्तरमा पनि सम्बन्ध बढ्दै गएको बताए। उनले आगामी दिनमा नेपाल तथा युगाण्डाबीच अझ धेरै लगानी तथा ब्यापारमा जोड दिने जनाए।

करिब दुइ दर्जन भन्दा बढि उद्योगी तथा ब्यापारीले सो छलफलमा राजदुतसँग युगाण्डामा लगानीको अवसरका बारेमा अन्तक्रिया गरेका थिए। निर्माण व्वसायी, पर्यटन ब्यवसायी तथा उद्योगी एवं ब्यवसायीले उक्त अवसरमा युगाण्डाले लगानीकर्तालाई दिएको प्रोत्साहनको बारे खुलेरै प्रशंसा पनि गरेका थिए।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.