दीपक थपलिया-महाप्रबन्धक
-लक्ष्मी इन्टरकन्टिनेन्टल(नेपालमा हुन्डाइ अटोमोबाइल्सको आधिकारिक बिक्रेता कम्पनी)
इलेक्ट्रिक इज नाउ क्रेटा भन्ने नारासहित क्रेटाको इभी भर्जन ल्याउनुभएको छ । इभी गाडीको नेपालमा बाढी नै आएको छ । यो भीडमा क्रेटा नै किन ?
-नेपालको अटोमोटिभ मार्केट वार्षिक करिब १४००० युनिटको हो । सरकारले यहाँ इभीका लागि राम्रै नीतिगत छुट दिएको छ । ७५ प्रतिशत पेनिट्रेसन रेसियो छ । पूर्वाधारको हिसाबले धेरै विकसित देशमा हुनुपर्ने पेनिट्रेसन दर पूर्वाधारमा निकै कमजोर नेपालजस्तो मुलुकमा देखिन्छ । यो हिसाबले इलेक्ट्रिक मोविलिटी अहिले एकदमै पपुलर मान्न सकिन्छ । २ वर्षको ग्रोथ हेर्ने हो भने योजत्तिको अरु कुनै इण्डष्ट्रीमा भएकै छैन । इयर टू इयर कम्पेरिजनमा १५० प्रतिशतसम्मको ग्रोथ देखिन्छ । जसले ओभरअल इण्डष्ट्रीको साइज एकदमै ठूलो भएर गएको छ ।
नेपालमा हुण्डाई सबैभन्दा माया पाएको ब्राण्ड हो । हामी आफूलाई पपुलर भन्न रुचाउँदैनौं । यति धेरै माया पाएर पनि हामीसँग मास मार्केटमा हुनुपर्ने एउटा प्रडक्ट छुटिरहेको थियो । प्रिमियम लेभलका इभीहरु त हामीले यसअघि नै ल्याएकै हौं, तर मास कन्जुमरका लागि फिट हुने इभी आएको थिएन । त्यही ग्याप फूलफिल गर्न अब भने क्रेटा इभी आएको छ । योसँगै भारतमा पनि ‘इलेक्ट्रिक इज नाउ क्रेटा’ भन्ने स्लोगन आयो । यो हामीसँग ठ्याक्कै मिल्यो । त्यो स्लोगनलाई हामीले अझ इजिली स्वीकार गरेको मात्र हो ।

इभीहरुको भीडमा क्रेटा इभी नै चाहिँ किन त ? क्रेटा नै किन ?
-क्रेटा इभी नै किनभन्दा पनि क्रेटा नै किन भन्ने प्रश्न चाहिँ सान्दर्भिक ठान्छु म । प्रत्येक विजिनेश हाउसले आफूसँग जे प्रडक्ट छ, त्यसलाई ग्लोरिफाई गर्छ । मसँग जे छ, त्यो म पनि बेच्न खोज्छु । कन्ज्यूमरको आवश्यकतालाई हेरेर मैले अफर गरिरहेको हुन्छु । कन्ज्यूमरको आफ्नै निड हुन्छ । कस्तो गाडी चाहिरहेको छ भन्ने उसको निड होला । निड अनुसारको एक्सपेक्टेसन भयो भने आफ्नोअनुसारको म्याच हुन्छ । हाम्रो देशमा चाहिँ निड र फिडमा फरक पर्न गयो । भनेको निडअनुसारको प्रडक्ट पाउनेभन्दा पनि फिड अनुसारको हुने भयो । यो भनेको तपाईसँग जे छ, त्यसलाई मार्केटिङ गरेर वा अझ ग्लोरीफाई गरेर पस्किएर दिनुहुन्छ । प्रडक्ट चाहिँ कन्ज्यूमरले एसेप्ट गर्छ । तर जे निड हुन्छ, उसको सबै कुरामा त्यो फूलफिल हुँदैन । उदाहरणका लागि कसैको निड छ प्रत्येक दिन कुद्ने गाडीको । उसका लागि पेट्रोलको कस्ट एकदमै हाई छ । धेरै ठाउँमा हिँड्नुपर्ने एउटा डाक्टरकै उदाहरण दिऊ न । दैनिक धेरै ठाउँमा दौडिरहनुपर्छ उसले । उसको कस्ट एकदमै परिरहेको छ फ्यूलमा । उसका लागि राइट निड पनि इभी भयो । उसको निडअनुसार प्रडक्ट दियो भने सन्तुष्ट पनि हुने हो । अर्को एउटा कस्टूमरलाई हेरौं, जो धेरै बाहिर गइरहनुपर्छ, लामो यात्रा गर्नुपर्छ । चाँडो चाँडो एउटाबाट अर्को ठाउँमा जानुपर्छ । समय पनि उसका लागि महत्वपूर्ण छ । नेपालको जुनसुकै ठाउँमा जानुपर्ने हुनसक्छ, कुनै बेला बाढी आउने ठाउँमा होला, कुनै बेला कुन ठाउँमा होला । त्यस्तो व्यक्तिका लागि आवश्यक भर्सिटालिटी आईस गाडीमा जस्तो छ, त्यस्तो इभीमा छैन । इभीमा आफ्नै सेटअप लिमीटेसन छ, त्यसलाई हामीले म्यानेज गर्नुपर्ने हुन्छ । हाम्रोमा गलत प्राक्टिस यस्तो छ कि, त्यस्ता व्यक्तिलाई त्यस्तो प्रडक्टको निड छैन भने पनि अनेक गरेर जबरजस्ती गाडी भिडाइन्छ । त्यो उसलाई फिड भयो, त्यस्तोमा डिससेटिस्फेक्सन आउने भयो, जसले प्रडक्टप्रति नै नेगेटिभिटी बढाइदिन्छ ।
त्यही भएर क्रेटा यस्तो गाडी हो, जोसँग निड र फिडको दुवै चिज छ । क्रेटा हामीसँग आईस पनि छ र इभी पनि । त्यसकारण ग्राहकले आफ्नो निडअनुसार कुन लिने भन्ने डिसाइड गर्नुपर्यो । यसो गर्दा गाडी पनि राम्रो पाउनुहुन्छ र आफ्नो निड पनि पूरा हुन्छ । त्यसकारण क्रेटा इज राइट च्वाइस भन्छु म चाहिँ ।

अझ प्रष्ट भनिदिनुस् त, क्रेटा इभी कस्ता ग्राहकका लागि बढी उपयुक्त छ ?
-इभीको निड के हो भन्ने कुरा ग्राहक आफैंले बुझ्नुपर्छ । नेपालकै कुरा गर्दा क्रेटा ग्राउण्ड क्लियरेन्सको हिसाबले सबैभन्दा हाई छ, जोसँग २०० एमएमको ग्राउण्ड क्लियरेन्स छ । ब्याट्री कम्पोनेन्ट इलेक्ट्रिक गाडीको तल बसेको हुन्छ, रिस्की पोजिसनमा । ५० प्रतिशत खर्च इभीको ब्याट्रीमा हुने हो । त्यो ब्याट्री सकभर सुरक्षित होस् भन्ने सबैको चाहना हुन्छ । आफूले गरेको लगानीको ५० प्रतिशत भ्यालू ब्याट्री हो भने त्यो लामो चलोस्, सेभ होस् भन्ने ग्राहकको भावना हुन्छ । सकभर खर्च आइहाले पनि धेरै नहोस् भन्ने सबैलाई हुन्छ । त्यो ब्याट्री सबैभन्दा पहिला सेभ हुनुपर्छ । सबैभन्दा हाई ब्रेकओभर एंगल भन्छौं हामी, यो भनेको ह्वील बेसदेखि ग्राउण्ड क्लियरेन्सलाई फर्म हुने एंगल हो । त्यो जति माथि हुन्छ, त्यति गाडीको तल्लो भाग ठोक्किने सम्भावना कम हुन्छ । कतिपय गाडीहरुको चाहिँ ग्राउण्ड क्लियरेन्स मात्र हेरेर हुँदैन, अब योसँगै ह्वीलबेस पनि हेर्नुपर्छ । यी दुवैको संयोजनले जुन ब्रेकओभर एंगल बन्छ, त्यो हाइएस्ट छ, यसले त्यो रिस्क कम गर्यो ।
सबैभन्दा हाई ब्रेकओभर एंगल भन्छौं हामी, यो भनेको ह्वील बेसदेखि ग्राउण्ड क्लियरेन्सलाई फर्म हुने एंगल हो । त्यो जति माथि हुन्छ, त्यति गाडीको तल्लो भाग ठोक्किने सम्भावना कम हुन्छ । कतिपय गाडीहरुको चाहिँ ग्राउण्ड क्लियरेन्स मात्र हेरेर हुँदैन, अब योसँगै ह्वीलबेस पनि हेर्नुपर्छ ।
अर्को, चार्जिङको ह्यासल छ । काठमाण्डौमै हेर्दा डिसी चार्ज धेरै छैनन् । घरमै ४२० भोल्टको भोल्टेज उपलब्ध छ भने एसीबाटै ११ किलोवाट विथड्र गर्न सकियो, त्यो ह्यासल पनि कम भयो । यो गाडी भारतमा बन्छ, यसका ९० प्रतिशत बढी पार्टस पनि त्यहीँ पाइन्छ । धेरै पार्टपूर्जा भारतमै बन्ने हुँदा अरुतिरबाट आयात गरेर ल्याउनुभन्दा सस्तो हुन्छ ।
सिटीमा पनि चलाएको छु, कहिलेकाही हाइवेमा पनि लिएर जान्छु । कहिलेकाहीँ अफरोडमा पनि कुद्छु । ब्याड वेदरमा पनि हिँड्नुपर्ने हुन्छ । दशैंको बेला पनि गाउँतिर जानुपर्ने हुनसक्छ भन्ने लाग्छ भने त्यो कस्टमरका लागि राइट फिड चाहिँ क्रेटा इभी हुन जान्छ ।
क्रेटाको इभी भर्जनप्रति ग्राहकको चासो कस्तो छ ?
-क्रेटा आफैंमा ब्राण्ड बनिसकेको छ । आईस सेग्मेन्टमा यो नेपालको एसयूभीमा लिडर ब्राण्ड हो । क्रेटाले क्रान्ति ल्याएको हो एसयूभीमा । अब यसमा इभीको पनि च्वाइस थपियो । ग्राहकलाई हुण्डाईले के गर्छ, थाहा छ । हामीमात्र होला फोर ह्वीलरमा एसेम्ब्ली प्लान्ट राखेर बसेको । कसैले पनि यसमा प्रफिट देख्नुभएको छैन । हामीलाई पनि कति गाह्रो छ, त्यो हामीलाई थाहा होला, तर यो भनेको नेक्स्ट लेभल अफ भिजन हो । नाफा आफ्नो ठाउँमा छ, होस्न/होस् । कतिपयले त हामीलाई मूर्खको संज्ञा पनि दिनुहुन्छ । यस्तो बेला पनि यति ठूलो लगानी गर्ने हो ? भनेर प्रश्न गर्नुहुन्छ ।
हाम्रो भिजन भनेको डिफरेन्ट लेभलको छ । हामी यो भीडमा यति हजार गाडी बेच्यौं वा यति सय बेच्यौं भन्ने रेसमा हुँदैनौं ।
सजिलै मार्जिन लिँदा पनि हुने विजिनेशमा अर्बौ–अर्ब लगानी हामीले किन गरिरहेका छौं भन्ने कुरा महत्वपूर्ण हो । आफ्नो देशमा केही यस्ता चिज भए मात्र युवाहरुलाई पनि बस्न मन लाग्छ, बस्ने अवसर मिल्छ । यो सन्देश पनि प्रवाह गर्नुपर्ने हुन्छ । हाम्रो भिजन भनेको डिफरेन्ट लेभलको छ । हामी यो भीडमा यति हजार गाडी बेच्यौं वा यति सय बेच्यौं भन्ने रेसमा हुँदैनौं । ग्राहकले चाहे ११ लाखको किन्नुहुन्छ वा १ करोड गाडी किन्नुहुन्छ, त्यसको भ्यालू पाएको हुनुपर्छ । आफ्टर सेल्स सर्भिस पाउनुपर्यो । सपोर्ट पाएको हुनुपर्छ । सर्भिस सेन्टरहरुमा तालिमप्राप्त स्किल्ड म्यानपावर हुनुपर्यो । यस्ता कुराहरुमा हामी लगानी गर्छौ । हामी लामो भिजन राख्छौं, देशलाई पनि फरक दिशामा लानुपर्छ भन्ने धारणा राख्छौं । हामी जहिले पनि पिपल, पूर्वाधार र ओभरअल विकासलाई अगाडि राखेर अगाडि बढिरहेका छौं । जसले हुण्डाईलाई बुझ्नु भएको छ, उहाँहरुलाई हाम्रो सिस्टम र भिजन पनि राम्रोसँग थाहा छ ।
लक्ष्मी इन्टरकन्टिनेन्टल आईससँगै इभीमा पनि केन्द्रीत भइरहेको छ । दुवै खालका गाडीहरु बेचिरहनुभएको छ । नेपालको अटोमोटिभ सेक्टर कताततर्फ जानुपर्छ भन्ने हो ? इभी कि फेरि आईसतर्फ नै ? भ्याएसम्म सबैखालको ल्याऔं, विजिनेश चाहिँ गरिहालौं भन्ने मात्र पो हो कि ?
-हामीले कहिल्यै पनि अटोमोटिभलाई मेरो विजिनेश मात्र हो वा बेच्ने मात्र पाटो भनेर हेर्दैनौ । त्यही भएर हामी केही फरक छौं । हामीले आजको प्लान गरेकै छैनांै, अबको २० वर्षमा नेपाललाई यो क्षेत्रमा नेक्स्ट लेभलमा लिएर जानुपर्छ भन्ने धारणा राख्छौं । हामी एउटैले मात्र यो सबै गर्न सक्छौं भन्ने पनि होइन । आजको मितिसम्म मैले प्रडक्ट होइन, प्रडक्टको सुनिश्चितता बेचिरहेको छु, त्यो उसको इमोसन वा प्रोग्रेसको साथी होला । गाडी कतिपयलाई डे टू डे मोविलिटीको साधन होला । धेरै कुरा जोडिएको हुन्छ गाडीमा । यो एउटा प्रमिस मात्र हो, यसलाई फूलफिल गर्नुपर्छ भन्ने मान्यता राख्छौं ।
संसारका सबै देशमा फोर ह्वीलर एसेम्ब्लीमा गइसके, हामी किन नजाने ? लस होला आफ्नो ठाउँमा छ । संघर्ष होला आफ्नो ठाउँमा छ । पिपल इन्गेज हुन पाउँछन् । हामी साना–साना टुक्रा लिएर आएर एसेम्ब्ल गर्छौ । हाम्रो भिजन भनेको अटोमोवाइललाई नेक्स्ट लेभलमा लिएर जानुपर्छ भन्ने नै हो । सर्टटर्ममा गएर म यो वर्ष यति बेच्छु भन्ने हुँदै होइन ।
मोविलिटीको दिशा एउटा मात्र हुँदैन । उसले पनि मल्टिपल सोर्समा गरिरहेको हुन्छ । कुनै पनि ब्राण्डले एउटा मात्र चिज बेच्दैन । आज बिएमडब्ल्यूको कुरा गर्नुस्, उसले एउटा मात्र चिज बेच्दैन नि ! इभन चाइनामा बीवाईडी नै हेर्दा पनि उसको इभी सेगमेन्ट मात्र होइन, अर्को अल्टरनेटिभ पनि बिक्री गर्छ, सबै मोडल छ । तर हाम्रोमा चाहिँ स्पष्ट रोडम्याप नहुँदा अबको बाटो इभी नै हो है भन्ने बनाइदिएका छन् । सबै कुरा नआएको हुँदा यो नै हो अब भविष्यको बाटो भनेर पाथवे बनाइदिए । सबै त्यसमा फलो गरिरहेका हुन्छन् । समग्रमा भन्दा अपूरो व्याख्या गरिएको छ ।
जो–जो चाइना भिजिट गर्नुहुन्छ, सबैले इभीमा व्यापार देख्नुभयो । एकवर्षमा म पनि ४०० बेचेर एउटा गाडीबाट २–३ लाख नै बचाए भने पनि राम्रो व्यापार हुने भयो भनेर मानिसले हेरे । त्यो क्यापिटल लगेर सबैले फसाइरहनुभएको छ । मेजर गर्ने टूल्स राम्रो छैन, जुन खालको ट्याक्सेसन स्ट्रक्चर लगाइएको छ त्यो पनि सही छैन । धेरैले अवसर त पाए, सर्टटर्म गोल लिएर आए । यसले समग्र उद्योगलाई चाहिँ राम्रो गरिरहेको छैन ।

तपाईहरुको समूहले अर्ब लगानी गरेर एसेम्ब्ली प्लान्ट नै लगाइसकेको छ । पूर्वाधारको क्षेत्रमा समेत उत्तिकै लगानी गरिरहनुभएको छ । तपाई आफैं भविष्यलाई हेरेर लगानी गर्दै अगाडि बढेको कुरा गर्नुहुँदैछ । तर सरकारी नीति चाहिँ परिवर्तन भइरहन्छ । हालै राष्ट्रबैंकले इभी लिँदा पाइने सवारी कर्जाको लोन टू भ्यालू रेसियो घटाइदियो, आईस गाडीको बढाइदियो । नीतिगत स्थिरता देखिएन । यी सबै कुरालाई हेर्दा लगानीको सही वातावरण बनेको देखिन्न । यस्तो अवस्थामा तपाईहरुले यो क्षेत्रमा खन्याइरहेको लगानी सुरक्षित होला त ?
-त्यो त छैन । सबैभन्दा गाह्रो कुरा नै त्यही छ । सरकार अस्थिर छ । ब्यूरोक्रेसी लेभलमा दूरदर्शिता भन्ने अभाव देख्छु । ब्यूरोक्रेसीमा धेरै ट्यालेन्टेड पिपल हुनुहुन्छ, तर दूरदर्शिताको सवालमा कहाँनिर ल्याक भइरहेको छ भन्ने कुरा थाहा पाउनुपर्छ । कुनै पोलिसी सजेसन गर्नुभन्दा पहिला त्यसको प्रभाव सामाजिक रुपमा के पर्छ, आर्थिक रुपमा के पर्छ भन्ने कुराको लेखाजोखा चाहिँ हुनुपर्छ । आम मानिसले इमोसनल्ली सोच्न मिल्छ । म वर्षको १४००० जनालाई सोच्छु होला । तर ब्यूरोक्रेसीमा बस्नेले त ३ करोडलाई सोच्नुपर्छ नि । १४ हजार ठूलो कि ३ करोड ?
आम मानिसले इमोसनल्ली सोच्न मिल्छ । म वर्षको १४००० जनालाई सोच्छु होला । तर ब्यूरोक्रेसीमा बस्नेले त ३ करोडलाई सोच्नुपर्छ नि । १४ हजार ठूलो कि ३ करोड ?
उसो भए अटोमोटिभ सेक्टरप्रति उनीहरुको धारण ठीक छैन ?
-सिचूएसनल चेञ्ज देख्छु म । लङटर्ममा यसको प्रभाव के हुन्छ भन्ने कुरा चाहिँ सोच्न सक्नुहुन्न जस्तो लाग्छ । सर्टटर्म हेरेर नीति बनाउनुहुन्छ । उदाहरणका लागि तपाईको बच्चा छ भने तपाईलाई थाहा हुन्छ कि यो साइन्समा कमजोर छ, फेल हुनसक्छ भनेर । यो कुरा थाहा पाएरै पनि तपाई इक्जाम दिन लगाउनुहुन्छ अनि फेल भएपछि बच्चालाई गाली गरेर ट्यूसन टिचर खटाउनुहुन्छ । त्यो त तपाईलाई पहिला नै थाहा थियो नि । हाम्रो देशमा पनि यस्तै भएको छ । कुनै नीति बनाउँदा के प्रभाव पर्छ भन्ने कुरा थाहा पाई–पाई नै इग्नोर गरेर त्यस्तै नीति लादिएको छ ।
अर्कोतर्फ कुनै नीति बन्दै गर्दा त्यसको जस्टीफाई गर्ने कुरामा पनि ल्याक देख्छु म । उदाहरणका लागि लोन टू भ्यालू रेसियोमा के कारणले इभीतर्फ घटाइयो र आइसतर्फ बढाइयो भन्ने कुरा जस्टिफाई नै नगरी नीति ल्याइयो। कारण बुझाइदिए भयो नि ! अनि मात्र व्यवसाय गर्नेले आफ्नो केपीआई थाहा पाउँछ । नेपालमा रुट कजतर्फ नै कसैको ध्यान गएन । जापानमा एउटा ‘ह्वाई ह्वाई ह्वाई’ भन्ने थ्योरी छ। पाँचपटक ह्वाईतर्फ जानुभयो भने बल्ल रुटमा पुगिन्छ भनिन्छ । किन यस्तो समस्या, किन यस्तो समस्या भनेर पाँचपटक जानुभयो भने बल्ल रुटमा पुगिन्छ रे । त्यो रुटमा पुगिसकेपछि बल्ल उपचार थाहा हुन्छ । नेपालमा यस्तो सिस्टम नै भएन ।
राष्ट्रबैंकले गरेको एलटिभीवाला ट्रिटमेन्ट चाहिँ कस्तो खालको उपचार हो ?
-यो किन आयो भन्ने कुरा बुझाइदिनुपर्यो क्या सबैभन्दा पहिला ।
ए उसो भयो, आउन चाहिँ ठीक आयो, किन आयो भनेर बुझाएनन् भन्ने मात्र गुनासो हो तपाईहरुको ?
-होइन, त्यो पनि भन्दिँन म । किनभने यसकै आधारमा ल्याएर धेरैले आफ्नो व्यवसाय गर्नुभएको छ । म आफ्नो व्यवसाय मात्र हेर्दिँन नि । ५० वटा ब्राण्ड आएर एलसी खोल्दा पनि पैसा नेपालीकै जाने हो । यसले विकास बजेटमा असर पारिसकेको छ । पूँजीगत खर्चमै समस्या आइसकेको छ । त्यसकारण मैले अघि पनि भनेँ नि, देशले १४ हजार मानिसलाई सोच्ने होइन, तीभन्दा बाँकी रहेकाहरुका लागि चाहिँ सोच्ने हो । त्यसकारण पोलिसी ल्याइरहँदा क्लारिटी जरुरी छ ।
तपाईको उत्तर अझै स्पष्ट आएन । एलटिभीवाला नीति ठीक थियो, तर राष्ट्रबैंकले क्लारिफाई गरेन भन्ने तर्क हो ?
-कसैका लागि यो राम्रो होला, कसैका लागि वेफाइदा होला । तर नीतिगत स्थिरता चाहिँ हुनुपर्छ भन्ने कुरा हो मेरो । तर अहिलेका लागि त म नराम्रो नै भन्छु । किनभने धेरैको फण्ड फसिसकेको छ । यो चिज गलत नै भयो । हामीलाई यो नीतिले धेरै प्रभाव पारेको छैन । तर आउनेवाला इभी क्रेटा भएकोले त्यसमा चाहिँ इम्प्याक्ट पर्यो नि । सरकारको डिरेक्सनअनुसार मैले मेरो विजिनेशको डिरेक्सन बनाउने हो । तर कुनै पनि नीति ल्याएर क्लारिफाई नगर्दा मिसगाइड भयो सरकारबाटै ।
इभीको बाढी आयो । कतिपय कम्पनीको सेल्सपछिको सर्भिसको पूर्वाधार छैन । धेरै गाडी बिक्री गर्नेहरुको पनि आफ्टर सेल्स सर्भिसको अवस्था बिजोग छ । यसरी हेर्दा त इभीसँगै विकृति पनि आएको देखिन्छ । मान्छेको गाडी बिग्रिरहेको छ, सर्भिस सेन्टर छैन । विकृति नियन्त्रण हुनुपर्छ कि पर्दैन ? विकृति हो भने कसले के गर्नुपर्छ ?
-यो एकदमै महत्वपूर्ण प्रश्न हो । यसमा बुझ्नुपर्ने उपभोक्ताले नै हो । उपभोक्ता मिसगाइडेड हुनु भइरहेको छ । मैले सुरुमा पनि भनेको थिएँ : निड र फिडको कुरा । फिडबाट हुनका लागि रुल्स एण्ड रेगुलेसनको कमजोरी हो । इभीप्रति नरम भएर नीति बनाउनेहरुले सोंचे होलान्, वार्षिक ३०० अर्बको इन्धनको प्रोक्यूरमेन्टलाई घटाउँछु भनेर । तर त्यसमा पेट्रोलको योगदान करिब १०० अर्ब जति हुन्थ्यो होला । २० वा ३० हजार गाडीबाट २ देखि ३ अर्ब बच्ने भयो । ३ अर्ब बच्दा वर्षको ३० देखि ४० अर्ब रेभेन्यूमा सेक्रिफाइस गरिरहेको छु भन्ने कुरा नीति बनाउनेले सोच्दै सोचेनन् । १० वर्षमा २० अर्ब बचाएँ भन्ने मात्र हेरे, तर सेक्रिफाइसको अमाउण्टतर्फ ध्यान नै गएन । यो त असन्तुलित भयो नि ।
इभीप्रति नरम भएर नीति बनाउनेहरुले सोंचे होलान्, वार्षिक ३०० अर्बको इन्धनको प्रोक्यूरमेन्टलाई घटाउँछु भनेर । तर त्यसमा पेट्रोलको योगदान करिब १०० अर्ब जति हुन्थ्यो होला । २० वा ३० हजार गाडीबाट २ देखि ३ अर्ब बच्ने भयो । ३ अर्ब बच्दा वर्षको ३० देखि ४० अर्ब रेभेन्यूमा सेक्रिफाइस गरिरहेको छु भन्ने कुरा नीति बनाउनेले सोच्दै सोचेनन् । १० वर्षमा २० अर्ब बचाएँ भन्ने मात्र हेरे, तर सेक्रिफाइसको अमाउण्टतर्फ ध्यान नै गएन । यो त असन्तुलित भयो नि ।
अर्कोतर्फ हाम्रोमा भयानक नै व्यापार हुँदा पनि वार्षिक १४००० को मार्केट हो । १०० वटा डिस्ट्रीब्यूटर नै होलान् भनेर कल्पना गर्दा पनि १४० वटा गाडी एउटाको भागमा पर्ने भयो । १४० गाडी बेच्नेसँग कन्ज्यूमरले के–के अपेक्षा गर्ने ? स्पेयर्स पार्टस् राख्ला कि, तालिमप्राप्त मानिस तयार गर्ला कि । ग्राहकले यस्तो सुविधा नै पाएनन् नि । बिक्रीपछिको राम्रो सर्भिस पाउने कन्ज्यूमरको अधिकारको कुरा हो, त्यो उसले पाएन । हरेक ठाउँमा जाँदा सुविधा हुनुपर्छ । काठमाण्डौ मात्र नेपाल होइन, बाहिर पनि हेर्नुपर्यो । दाङमा जाँदा गाडी बन्छ कि बन्दै त ? विर्तामोडमा गाडी बन्छ कि बन्दैन ? हाइवेमा गाडी बन्छ कि बन्दैन ? यो चिज हेर्नुपर्छ । प्रोगे्रस भनेको सधैं सँगसँगै हुनुपर्छ । आधी प्रोग्रेस वा कसैको व्यक्तिगत प्रोग्रेस मात्र हुँदा त्यहाँ बेथितिको जन्म हुन्छ । त्यसकारण पोलिसी मेकर्सले यो पाटोमा कडाईं गर्नुपर्छ ।

सरकारले भर्खरै इभीहरु व्यवस्थित गर्ने भन्दै कार्यदल पनि बनाएको छ । त्यसलाई समेत काम लाग्ने किसिमको कुनै सुझाव छ ?
-मलाई ट्याक्सेसन सिस्टम नै वैज्ञानिक लाग्दैन । मोटर रेटिङ अनुसारको कर निर्धारण प्रणाली नै गलत छ । कुनै पनि हालतमा वैज्ञानिक छैन । त्यो मोटर घटाएर मैले ल्याइदिनसक्छु । कुनै लग्जरीको ट्याक्स छैन, केही छैन । त्यसलाई धेरै वैज्ञानिक बनाइनुपर्छ । बाहिरी देशहरुमा भएका प्रयोग पनि हेर्नुपर्छ ।
काठमाण्डौ मात्र नेपाल होइन, बाहिर पनि हेर्नुपर्यो । दाङमा जाँदा गाडी बन्छ कि बन्दै त ? विर्तामोडमा गाडी बन्छ कि बन्दैन ? हाइवेमा गाडी बन्छ कि बन्दैन ?
कसरी नियमन गर्ने त ?
-भोल्युमबाट पनि होला । तर पहिला ब्रेन स्ट्रोमिङ गर्नुपर्छ । सबैभन्दा ठूलो कस्ट केमा पर्छ, त्यसको ट्याक्स होला । अर्को कति वर्ष एक्जिस्ट भएको कम्पनी हो, त्यसले मात्र आयात गर्न पाउने भन्ने नियम ल्याउन सकिएला । किनभने उनीहरुसँग पूर्वाधार हुन्छ । अन्य सर्भिस पनि हुन्छ । त्यस्तै विभिन्न कम्पनीहरुले ल्याउने इभीको टेस्ट पहिला गभरमेन्टबाट हुनुपर्छ । पहिलो वर्ष गभरमेन्टले मात्र लिने भन्ने नीति आउने हो भने सुरुमै पब्लिकको पैसा फस्दैन । मलाई लाग्छ, अब इभीमा नियन्त्रण गर्ने बेला भएको छ । हामीसँग तालिमप्राप्त मेनपावार छैन, टूल्स र इक्यूपमेन्ट छैन । जस्तो सेन्सरकै कुरा गर्दा, गाडी दुर्घटना भयो भने रेडार हुन्छ गाडीमा, रेडारको क्यालिबे्रेसन गर्ने टूल्स पनि कसैसँग छैन नेपालमा । हामीसँग फ्याक्ट्री छ र यो ज्ञान भयो । तर यस्ता यस्ता कुरामा कस–कसले ध्यान दिएको छ त ? यस्तो ल्याकिङ हुनुभएन ।