आईतवार, असार २८,२०८३ 04:43:28
Bizshala
  • आईतवार, असार २८,२०८३ 04:43:28
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

तीनकुने घटनाले देशको बेइज्जत गर्यो, उद्योगी–व्यवसायी आतंकित बनेः रक्षामन्त्री राई

Laxmi Sunrise Bank Limited
तीनकुने घटनाले देशको बेइज्जत गर्यो, उद्योगी–व्यवसायी आतंकित बनेः रक्षामन्त्री राई

काठमाण्डौ। रक्षामन्त्री मानवीर राईले चैत १५ गते तीनकुने क्षेत्रमा राजावादीहरूको प्रदर्शनका नाममा भएका घटनाहरूले मुलुकको बेइज्जत गरेको बताएका छन् ।  

भाटभटेनी सुपर मार्केटलगायत अन्य व्यापार–व्यवसाय, उद्योगहरूमा भएको आगजनी, लुटपाट तथा तोडफोडको घटनाले देशकै बेइज्जत गर्नाको साथै मुलुकका उद्योगी–व्यवसायीहरूमा आतंकसमेत सिर्जना गरेको उनको भनाइ छ ।

‘आज उद्योगी व्यवसायीहरू तीनकुनेमा भएको घटनाले अफ्ठेरो महसुस गरिराख्नुभएको होला । यस्तो आततायी घटनाहरू नेपालको राजनीतिक इतिहासमा थुप्रै भएका छन् । एउटा सुपर मार्केटमा, भाटभटेनीलगायत अन्य व्यवसायहरूमा, मिडियाहरूमाथि, व्यवसायीहरूमाथि देशको बेइज्जत हुने गरी आक्रमण भयो,’ कर्पोरेट मिडियाले बिहीबार राजधानीमा आयोजना गरेको ‘कर्पोरेट बिजनेश अवार्ड, २०२५’ समारोहलाई सम्बोधन गर्दै उनले भने, ‘यसप्रति दुःख व्यक्त गर्दै उद्योग व्यवसायहरूमा लगानी गर्नेहरूलाई सरकारले यस्ता घटनाहरूलाई नियन्त्रण गरेर अगाडि बढ्ने विश्वास दिलाउन चाहन्छु । दोषीलाई कानुनी कठघरामा उभ्यार तपाईंहरूलाई सुरक्षा दिने कुरामा सरकार लागिपर्ने छ ।’

New Office
CG Motors
Garima Development Bank

सो अवसरमा उनले कुनै पनि सरकारी कार्यालय वा मन्त्रालयममा आएका फाइलहरूमाथिको कारबाही ढिलोमा एक हप्ताभित्र सक्ने नीति सरकारले लिएको जानकारी दिए । काम हुने फाइल भए काम गरेर पठाउने र हुने भएमा पनि नहुने सूचना दिने परिपाटीको विकास गर्नेगरी सरकार अघि बढिरहेको उनको भनाइ छ ।

‘कुनै पनि सरकारी कार्यालय वा मन्त्रालयमा आएका फाइलहरूमाथि अब हामी बढीमा सात दिनभित्र काम गरिसक्छौँ । यदि काम नहुने फाइल छ भने पनि ‘नहुने जानकारी’ सम्बन्धितलाई दिने परिपार्टीको विकास गर्न सरकार अघि बढिसकेको छ,’ मन्त्री राईले भने, ‘यसभित्र परिमार्जित भएर जाने कुरा कठिन छ । तर पनि यो कठिनाइलाई पार गरेर अहिलेको सरकार अगाडि बढ्ने कोसिस गरिरहेको छ । यहाँहरूले यसमा साथ र सहयोग सधैं दिइराख्नुभएको छ । सुझाव दिनुहोला ।’ उनले कार्यक्रममा उद्योगी–व्यवसायीहरूले उठाएका समस्याहरूलाई सम्बन्धित मन्त्री, मन्त्रालय र क्याबिनेटमा समेत पुर्याउने प्रतिबद्धता व्यक्त गरे ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यस्तै, उनले हिजोका कठिन परिस्थितिहरूलाई झेल्दै मुलुकलाई आजको अवस्थासम्म ल्याइपुर्‍याउन सहयोग गरेकामा निजी क्षेत्रलाई धन्यवाद प्रकट गरे । ‘नेपाल गरिबी, विभिन्न राजनीतिक उतारचढाव, विभिन्न सङ्कटकालहरूलगायत थुप्रै समस्याहरूका बीचमा धेरै दुःखकष्ट झेलेर नेपालीहरूको सेवा गर्दै यहाँसम्म आउनुभएको छ । यसमा म तपाईंहरूलाई सरकारको तर्फबाट धेरैधेरै धन्वयाद व्यक्त गर्दछु,’ मन्त्री राइले भने ।

उनले निजी क्षेत्रले बारम्बार उठाउँदै आएको विभिन्न समस्याहरूमो समाधान दिने उद्देश्यका साथ सरकारले अध्यादेश ल्याएको स्पष्ट गरे । अध्यादेशले धेरै कुरामा हसजीकरण गर्ने चर्चा गर्दै उनले भने, ‘तपाईंहरूको माग र तपाईंहरूले बारम्बार सजग गराइरहनुभएकैले हामीले केही समयअगाडि अध्यादेशमार्फत कानुनी अफ्ठ्याराहरू, बाधाहरू, लगानीको कुरा होस्, चाहे सुशासनको कुरा होस्, हामीले केही हदसम्म फुकाउने कोसिस गरेका छौँ । यो पर्याप्त भने छैन । अहिले पनि हामीले कानुनी जटिलतालाई व्यवस्थित गर्ने, फुकाउने कुराहरू गर्न बाँकी छ ।  र, कार्यान्वयन र लागू गर्ने प्रयासमा हामी छौँ ।’

कर्पोरेट मिडिया ग्रुपले बिहीबार १७औँ संस्करणको ‘कर्पोरेट बिजनेश अवार्ड, २०२५’ भव्य रूपमा सम्पन्न गरेको छ । यो संस्करणमा ११ वटा विधामा २४ वटा अवार्ड र एक जनालाई लाइफटाइम एचिभमेन्ट अवार्ड प्रदान गरिएको छ । 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.