आईतवार, असार २८,२०८३ 03:03:59
Bizshala
  • आईतवार, असार २८,२०८३ 03:03:59
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

गभर्नर नियुक्तिको विषयमा कांग्रेस-एमालेबीच खटपट छैनः गृहमन्त्री

Laxmi Sunrise Bank Limited
गभर्नर नियुक्तिको विषयमा कांग्रेस-एमालेबीच खटपट छैनः गृहमन्त्री

काठमाण्डौ । गृहमन्त्री रमेश लेखकले बाहिर हल्ला चलाइएजस्तो सत्ता गठबन्धनमा कुनै समस्या नभएको जिकिर गरेका छन् ।  

प्रमुख सत्ता साझेदार दलको उच्चस्तरीय संयन्त्रको बैठकपछि प्रतिक्रिया दिंदै गृहमन्त्री लेखले त्यस्तो जिकिर गरेका हुन् । 

New Office
CG Motors
Garima Development Bank

हाम्रो बीचमा कुनै समस्या छैन । सरकारको विषयमा पनि छैन, दुई दलको विषयमा समेत छैन । उनले भने ।  

उनले कांग्रेस एमालेले सत्ता साझेदारी गरेपछि सरकारको सक्रियताका कारण अर्थतन्त्रमा सुधार हुन थालेको, प्रमुख आर्थिक सूचकहरुमा समेत सुधार आएको र सुशासन समेत कायम हुन थालेको दाबी गरे । 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

उनले आजको बैठकमा समसामयिक विषयमा दुई दलीय संयन्त्रका सदस्यहरुबीच सौहाद्रपूर्ण कुराकानी भएको समेत बताए ।  

गृहमन्त्री लेखकले नेपाल राष्टबैंकको गभर्नर नियुक्ति प्रक्रिया अगाडि बढिसकेको अवस्थामा अब ढिलाई नहुने संकेत गरे । उनले थपे-'सिफारिस समितिले छलफल गरेर प्रक्रिया अगाडि बढाउँछ । गभर्नरको विषयले हामी दलहरुबीचमा कुनै समस्या ल्याउदैन ।' 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.